गृहपृष्ठ » News » हाँसपोसा हत्याका अभियुक्त चाडै पक्राउ पर्छन् ः प्रहरी

हाँसपोसा हत्याका अभियुक्त चाडै पक्राउ पर्छन् ः प्रहरी

 Posted by Itahari Fm | २०७१ बैशाख २० | २११ पटक
फाइल फोटो । प्रविण गुरुंगको हत्यारालाई कार्बाहिको माग गर्दै आन्दोलनरत स्थानियबासी । फोटो ः सुरेश

फाइल फोटो । प्रविण गुरुंगको हत्यारालाई कार्बाहिको माग गर्दै आन्दोलनरत स्थानियबासी । फोटो ः सुरेश

सुरेश घिमिरे, इटहरी, २० वैशाख ः सुनसरीको हाँसपोसा ४ का प्रविण घले गुरुंगको हत्यारा एक दुई दिनभित्रै पक्राउ पर्ने इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । हत्या भएको आज १५ दिन हुदा समेत प्रहरीले हत्यारा भने पक्राउ गर्न सकेको छैन ।
हत्यारा पक्राउ नगरेको र कार्बाहि गर्न नसकेको भन्दै हाँसपोसाका स्थानियले एक साताअघि प्रहरी चौकी हाँसपोसा घेराउ गर्नुका साथै कोशी राजमार्ग समेत अवरुद्ध गरेका थिए । स्थानिय होम गुरुंगको संयोजकत्वमा बनेको संघर्ष समीती र जिल्ला प्रहरी प्रमुख मसउद आलम खाँ बिच एक साताअघि सातदिन भित्र हत्यारा पक्राउ गर्ने सहमतीमा बन्द खुलेको थियो । तर एक साता बितिसक्दा समेत प्रहरीले हत्यारालाई पक्राउ गर्न सकेको छैन । तर इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक विद्यानन्द माझीले चाडै सकारात्मक जवाफ पाउने बताउनुभएको छ । उहाले हत्यारा एकदुई दिनभित्रै पक्राउ पर्ने दावी समेत गर्नुभयो ।
गत वैशाख ६ गते प्रविण गुरुंगको हाँसपोसा ४, बरमपुर स्थित धान खेतमा घाटि रेटिएको अवस्थामा शब भेटिएको थियो । उनका हत्यारा पत्ता लगाउन प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको थियो भने हत्यारा नजिक पुगिसकेको बताएको थियो । प्रहरीको आश्वासनपछि मृतकका परिवारले गुरुंगको दाह संस्कार गरेपनि अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गर्न नसकेकोमा स्थानियले आक्रोश व्यक्त गर्दै आएका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg