गृहपृष्ठ » News » सरकारी जग्गामा बाटो खन्दा विवाद

सरकारी जग्गामा बाटो खन्दा विवाद

 Posted by Itahari Fm | २०७१ बैशाख २० | २७२ पटक

IMG_6386सुरेश घिमिरे, इटहरी, २० वैशाख । सुनसरीको इटहरी ८ स्थित जुट खेती अनुसन्धान केन्द्रको जग्गामा स्थानियले बाटो खनेपछि विवाद बढेको छ । इटहरी ८ स्थित हटिया लाईनदेखि दक्षिण रंगशालासम्म जोड्ने बाटो अत्यावशेक भएको भन्दै स्थानियले भने एकलौटि रुपमा बाटो खन्ने कार्य गरिरहेका छन् । करिब २० फुट चौडाई र ३ फुटको नाला सहितको बाटो निर्माण गरिने स्थानियले बताएका छन् ।
तर जुट विकास केन्द्रको जग्गामा बिना स्वीकृती जग्गा खनिएको भन्दै केन्द्रले बाटो खन्न रोक्नुपर्ने बताएको छ । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले समेत स्थानियलाई स्वीकृती पछि मात्र बाटो खन्न आग्रह गरेको छ ।
स्थानियले भने बाटो र पानीको निकास नहुदा बर्षेनी ट्यांग्रा खोलाको पानीले डुबानमा पर्ने गरेको, असुरक्षा बढेको र रंगशालामा एकतर्फी मात्र बाटो रहेकाले पनि हटिया लाईनदेखि रंगशालासम्मको बाटो अत्यावशेक रहेको बताएका छन् । बाटो अत्यावशेक रहेको भन्दै स्वीकृतिका लागि केन्द्रसम्मै पुगेपनि स्वीकृतिका लागि ढिला गरिएकाले बाटो स्वीकृती बिना नै खोलेको स्थानिय कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।
बाटो स्थानियका साथै इटहरीका सबै राजनितिक दल, नागरिक समाज र सरोकारवालाहरुको सहमतीमै खनिएको सापकोटाले बताउनुभयो । तर सरकारी जग्गा तथा जुट खेति समेत रहेको स्थानबाट एकलौटि र बिना स्वीकृती बाटो खनिएकाले तत्काल रोक्नुपर्ने जुट विकास केन्द्रले बताएको छ ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg