काभ्रेमा बस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

 काठमाडौं, २० बैशाख । काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी गइरहेको काभ्रेको पचास किलोमा शनिबार दिउासो २ बजे दुर्घटना हुादा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २२ जना बढी यात्रु घाइते भएका छन् । काठमाडौंबाट तातोपानी जाादै गरेको बा३ख २०३४ नम्बरको मिनिबस काभ्रेको जिरो किलो र दोलालघाटको बीचमा रहेको पचासकिलोमा  अनियन्त्रित भई सडकबाट झर्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनालगत्तै उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली पठाइसकेको जनाइएको छ । घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको काभ्रे प्रहरीले जनाएको छ ।