सुनसरीको हरिपुरमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । सुनसरीको हरिपुर ९ सप्तकोशी नदीको २० नम्बर ढोका छेउमा स ३ प २७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा बिराटनगर ५ का सन्तोष कुमार यादवको घटनास्थलमा नै ज्यान गएको छ । मोटरसाइकल पछाडि बसेका २१ बर्षिय दिनेश कुमार यादव गम्भीर घाइते भएको र उहाँको नोबेल अस्पताल बिराटनगर उपचार भई रहेको प्रहरीले जनाएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed