गृहपृष्ठ » News » आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज विश्व प्रेस स्वतन्त्रता दिवस

 Posted by Itahari Fm | २०७१ बैशाख २० | १४३२ पटक

fnjआज विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । विश्वभर व्यावसायिक पत्रकारिता कि नैतिक पत्रकारिता भन्ने बहस चलिरहेका बेला नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा मनाउन थालेको डेढ दशक वितिसकेको छ ।
संयुक्त राष्ट्रसंघको आब्हानमा यो दिवस विश्वभर मनाउने गरिन्छ । नेपालमा विश्व प्रेस स्वतन्त्रताको अवसर पारेर राजधानीमा विहान प्रभात फेरिको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघको नेतृत्वमा प्रभात फेरि आयोजना गरिएको हो । काठमाडौंको भृकुटीमण्डपबाट प्रभात फेरि सुरुवात गरिएको थियो ।
यसै सन्दर्भ पारेर नेपाल पत्रकार महासंघको २४ औं महाविधेशन आजैदेखि काठमाडौंमा सुरु हुँदैछ ।  नेतृत्वका लागि दुई प्यानलबीच प्रतिष्पर्धा हुँदैछ । आ–आफ्नो पक्षमा निर्वाचनको वातावरण बनाउन दुवै पक्षका उम्मेदवार अहिले पनि सक्रिय छन् । नेपाल प्रेस युनियनले पोषण केसीको नेतृत्वमा एकल प्यानल प्रतिष्पर्धामा उतारेको छ भने प्रेस चौतारि, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशिल पत्रकार संघबीच भएको तालमेलको नेतृत्व महेन्द्र विष्टले गर्नुभएको छ ।
यसैबीच सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामन दिँदै विकासका लागि स्वतन्त्रता अपरिहार्य भएको बताउनुभएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg