गृहपृष्ठ » News » एमाओबादीको जारी सम्मेलनमा बाबुरामको फरक मत

एमाओबादीको जारी सम्मेलनमा बाबुरामको फरक मत

 Posted by Itahari Fm | २०७१ बैशाख २० | २२६ पटक

 baburamबैशाख २०, बिराटनगर । एमाओवादीको जारी राष्ट्रिय सम्मेलनका लागि अध्यक्ष प्रचण्डले तयार पारेको दस्तावेजलाई बरिष्ठ नेता डा. बाबुराम भट्टराईले ‘राजनीतिक स्टन्ट’ र ‘सारसंग्रहवादी’  भन्दै यथाशीघ्र महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

सम्मेलनको बन्दशत्रपूर्व बिराटनगरको स्वागतम होटलमा आयोजित बैठकमा एमाओवादी नेता डा. भट्टराईले अध्यक्षको दस्तावेजमाथि टिप्पणी गर्दै सातबुँदे फरक मत प्रस्तुत गरेका छन् ।

‘ड्यास माओवादीदेखि एमालेसम्म ध्रुवीकरणको कुरा गरिएको छ, तर कुन विचार र कार्यदिशाको आधारमा हो भन्ने कुरा प्रष्ट नहुँदा त्यो एउटा फगत राजनीतिक स्टन्ट वा अवसरवादी गठवन्धन मात्र हुने खतरा रहन्छ’ डा. भट्टराईले आफ्नो फरक मतमा भनेका छन्-’ दस्तावेज पुरानैको निरन्तरतामा र सारसंग्रहवादी प्रकारको छ र यसले पार्टीको संकट वस्तुनिष्ठ ढंगले निराकरण गर्न सक्ने देखिँदैन । त्यसैले विकसित विचार, राजनीतिक कार्यदिशा, संगठन, नेतृत्व प्रणाली र कार्यशैलीको समष्टीगत सेटमा नै पार्टीभित्र र बाहिर स्वस्थ बहस चलाउँदै यथाशीघ्र पार्टी महाधिवेशन आयोजना गर्नु जरुरी भएको छ ।’

प्रचण्डको दस्तावेजमा संगठनात्मक समस्यालाई हल गुर्नको साटो क्यान्सर लागेको बिरामीलाई झारफुक गरेजस्तो मात्रै देखिएको भट्टराईको आरोप छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg