गृहपृष्ठ » News » पत्रकार महासंघको २४ औं महाधिवेशन आजदेखि

पत्रकार महासंघको २४ औं महाधिवेशन आजदेखि

 Posted by Itahari Fm | २०७१ बैशाख २० | २२६ पटक

aaनेपाली सञ्चारकर्मीहरूको छाता संगठन नेपाल पत्रकार महासंघको २४औं महाधिवेशन हुँदैछ । लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरीक अधिकारको पक्षमा सशक्त ढङ्गबाट भूमिका निर्वाह गर्दै आएको महासंघको २४औं महाधिवेशन मुलुकमा नया“ संविधान लेखिन लागेको अवस्थामा हुन लागेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्नकालागि संविधानमा प्रेस स्वतन्त्रताको पक्षमा लेखिने हरफहरूले महत्वपूर्ण भूमिका खेल्दछ । संविधान निर्माणको चरणमा रहेकाले महासंघको महाधिवेशन र त्यसले पास गर्ने दस्तावेजहरू महत्वपूर्ण हुनेछन् । यतिबेला मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था खतरामा नरहे पनि पूर्णरुपमा खतरा मुक्त छ भनेर भन्न सकिने अवस्था पनि छैन । प्रेस स्वतन्त्रताका बारेमा राजनीतिक दलहरूको दोहोरो चरित्र कायम छ । औपचारि
क रुपमा प्रेस स्वतन्त्रताका कट्टर हिमायतिहरू पनि मौका पाउनसाथ प्रेस स्वतन्त्रता विरोधी काममा सक्रिय हुने गरेका प्रशस्त उदाहरण छन् । त्यसैले संविधान निर्माण गर्ने बेलामा आफ्नो अधिकारकालागि प्रेस जगत चनाखो र गम्भिर हुन जरुरी छ ।

नेतृत्व चयन समेत हुने महाधिवेशनको थप महत्व छ । लामो समयदेखि लोकतन्त्रवादी पत्रकारहरूको नेतृत्
व रहँदै आएको महासंघमा २३औं महाधिवेशनबाट वाम नेतृत्व आएको थियो । यसपटक पनि लोकतन्त्रवादी र वाम गठबन्धनवीच चुनाव हुँदैछ । सम्पूर्ण वामशक्ति एक ठाउँमा भएको बेला प्रजातन्त्रवादी शक्तिले उनीहरूको सामना गर्नुपर्ने अवस्था छ । तर पनि लोकतन्त्रवादी पत्रकारहरूले आफ्नो विजयकालागि अभियान जारी राखेका छन् । विभिन्न परिस्थिति र लोकप्रियताका आधारमा लोकतन्त्रवादी पत्रकारहरूको प्यानल कमजोर छैन । अघिल्लो पटक वामनेतृत्वले महासंघमा खेलेको गलत भूमिकाले पनि यसपटक लोकतन्त्रवादी पत्रकारहरू बलियो देखिएका छन् । अब महासंघलाई नयाँ ढङ्गबाट ट्रेड युनियनमा लैजानु पर्छ भन्ने कुरामा दुवै प्यानल सहमत देखिन्छ ।

महासंघ यस्तो चौतारी हो, जहाँ सुविधा सम्पन्न सञ्चारमाध्यमका सञ्चारकर्मी देखि दुरदराजका सामान्य सञ्चारमाध्यमका सञ्चारकर्मीसमेत अटाउ“दछन् । विधागत रुपमा हेर्ने हो भने पनि रेडियो, टेलिभिजन
, प्रिन्ट र अनलाइन जस्ता सबै माध्यमका सञ्चारकर्मी महासंघको छातामुनि रहेका छन् । यसले सञ्चारकर्मीको हक हितका साथै सञ्चार क्षेत्रको विकास र यसको स्वतन्त्रताको बारेमा पहरेदारी गर्दछ । हाम्रो सञ्चारक्षेत्र परिपक्व र आत्मनिर्भर नभइसकेकाले महासंघको भूमिकाका बारेमा कहिलेकाही प्रश्न उठ्ने गर्दछ । तरपनि यसले आफ्नो साझा चरित्र र समन्वयकारी भूमिकालाई गुमाएको भने छैन ।

महासंघले सशस्त्र द्वन्द्व र लोकतान्त्रिक आन्दोलनमा पनि महत्वपूर्ण भूमिका खेल्यो । द्वन्द्वको बेलामा राज्य र विद्रोही दुवैतर्फबाट सञ्चार क्षेत्र निशानामा पर्ने गर्दथ्यो । यही क्रममा तीन दर्जन बढी पत्रकारले जीवन
गुमाएका छन् । उनीहरूका परिवार न्याय र दोषीमाथि कारवाहीका लागि अहिले पनि महासंघको अभियान जारी छ । लोकतान्त्रिक आन्दोलनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि महासंघले गरेको आन्दोलनबाट संसारकै ध्यान आकृष्ट भएको थियो । नेपालका पत्रकारहरू सयौंका संख्यामा आफ्ना अधिकारकालागि सरकारी हिरासतमा पुगे । सामान्यतय आफ्ना अधिकारीकालागि पत्रकारहरूले यो तहसम्मका अन्दोलन गरेको भेटिदैन । आफ्नै सहकर्मीको लास जमि
नमुनिबाट निकाल्ने दुलर्भ विडम्बना पनि हाम्रै देशमा देखियो । महासंघले यस्तो कामको पनि नेतृत्व गर्नुप¥यो ।

महासंघ साझा थलो हो । आमसंगठन भन्दा यसको चरित्र र महत्व भिन्दै छ । यही कुरालाई आत्मसाथ गर्न सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । यसको शुद्धिकरण र सशक्त भूमिकालागि सक्षम नेतृत्व आवश्यक पर्दछ । मुलुकभरबाट राजधानी भित्रने महाविधेशनका प्रतिनिधि पत्रकारले विवेकपूर्ण निर्णय गरे
र उचित नेतृत्व चयन गर्ने छन् भन्ने कुरामा दुईमत छैन ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg