गृहपृष्ठ » News » नेपाल उत्कृष्ट लयमा

नेपाल उत्कृष्ट लयमा

 Posted by Itahari Fm | २०७१ बैशाख २० | २२९ पटक

एसीसी प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाविरुद्ध ५ विकेटको जित हात पार्ने क्रममा नेपालका लागि तीब्र गतिका  बलर सोमपाल कामी र अलराउण्डर मेहबुब आलमले उत्कृष्ट प्रर्दशन गरे ।

बायुमास ओभलमा मलेसियाले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य पछ्याएको नेपालले ३७.३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालको सुरुवात भने निकै खराव थियो । बलर हावी भएको खेलमा नेपालले खाता नै खोल्न नपाउँदै ओपनर सुवास खकुरेल शुन्यमा नभरत्नमको शिकार भए । नरेश बुढायरसँग मिलेर नेपालको पारी सम्हाल्ने प्रयास गरिरहेका ज्ञानेन्द्र मल्ल व्यक्तिगत १३ रनमा आउट हुँदा नेपालको स्कोर १९ रन थियो । मल्लले १४ बलमा २ चौका हानेका थिए ।table

कप्तान पारस र नरेशले केहीबेर खेल्ने प्रयास गरे । तर, तेस्रो विकेटका रुपमा नरेश आउट हुँदा नेपालको स्कोर ३२ रन थियो । २९ बलको सामना गरेका नरेशले मात्र ८ रन जोडे । थप चार रन जोड्दा कप्तान पारस व्यक्तिगत ११ रनमा आउट भएपछि नेपालीको पारी धर्मराएको थियो ।

तर, अलराउण्डर मेहबुब आलमले नेपालको पारी सम्हाले । आलम र शरद भेरवाकरले ८९ रनको साझेदारी गरे । ७१ बलको सामना गरेका मेहबुबले आठ चौकाको मदतमा ५३ रन बनाए । उनले तेह्रौ ओभरमा चार चौका हानेका थिए । ३० औं ओभरको पहिलो बलमा मेहबुबले अर्धशतक पुरा गरेपछि नेपाली प्लेयर बक्समा निकै खुसी छाएको थियो । प्रशिक्षक पुबुद्धु दशानायकसहित सबै खेलाडीले मेहबुबको सम्मानमा ताली बजाएका थिए ।

रन धेरै नजोडेपछि मेहबुबलाई साथ दिइरहेका शरदले एक छक्का र तीन चौकाको मदतमा २९ रन बनाए । ७३ बलको सामना गरेका उनले अन्तिम बलमा चौका हान्दै नेपाललाई जित दिलाएका थिए । विनोद भण्डारी १३ रनमा अविजित रहे ।

मलेसियाका लागि नभरत्नमले तीन विकेट लिए भने एक विकेट गुलामको नाममा रहृयो ।

यसअघि टस जितेर पहिले व्याटिङ थालेको मलेसियाले ४३ ओभरमा १ सय ४९ रन बनाउँदै सबै विकेट गुमाएको थियो । मलेसियालाई दबावमा राख्ने क्रममा सोमपालले पाँचौं ओभरमा दुई विकेट लिए । जतिबेला मलेसियाको स्कोर १७ रन थियो । थप ११ रन जोड्दा सोमपालले नासिरलाई विकेट किपर सुवास खकुरेलको हातबाट क्याच गराए ।

मलेसियाको पारी सम्हाने प्रयास गरेका अन्वर अरुदिन व्यक्तिगत ३४ रनमा बसन्त रेग्मीको शिकार भए । मेहबुब आलम बाउन्ड्री नजिक क्याच गरे । निकै कसिलो बलिङ गरेका कप्तान पारस खड्काले सफिक सरीफलाई २४ रनमा पभेलियनको बाटो देखाए । मेहबुबले हयातलाई १३ रनमा सोमपालको हातबाट क्याच गराउँदा मलेसिया ९८ रनमा थियो । लगातार दबावमा आएको मलेसियाको सातौं विकेट बसन्तर र आठौं विकेट सागर पुनले लिए । सोमपालले युसोफ र फेटरीको विकेट लिएपछि घरेलु टोली मलेसियाले नेपाल सामू १ सय ५० रनको लक्ष्य प्रस्तुत गर्यो ।

नेपालका लागि सोमपालले १० ओभरमा तीन मेडन राख्दै ४७ रन दिएर ५ विकेट लिए । उनी म्यान अफ दि म्याच घोषित भए । बसन्तले २ विकेट लिए भने पारस, सागर र मेहबुब आलमले एक-एक बिकेट लिए । चार ओभर बल फालेका शक्तिले विकेट नलिए पनि ८ रन भन्दा दिएनन् ।

नेपाली टोलीले61059 शनिबार आराम गर्नेछ । प्रशिक्षक पुबुद्धु दशानायकेका अनुसार भोलि अभ्यासको कुनै कार्यक्रम छैन । आइतबार ओमानसँग खेल्नेछ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg