गृहपृष्ठ » News » सुबिन लिम्बू ‘मिस नेपाल’ २०१४

सुबिन लिम्बू ‘मिस नेपाल’ २०१४

 Posted by Itahari Fm | २०७१ बैशाख १९ | १६९८ पटक

subinयस बर्षको मिस नेपालको उपाधि सुबिन लिम्बूले जितेकी छिन् । प्रतिस्पर्धामा प्रतिस्पर्धा गरेका अन्य १८ जनालाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

कार्यक्रममा प्रमुख निर्णायक रुक्मांगत कटुवालले सोधेको ‘तपाइले यो प्रतिस्पर्धा जित्नुभयो भने तपाईं कसरी नेपालमा छरिएर रहेका यूवायूवतीलाई एकै ठाउँमा राखेर नेपालमै रोजगारी सिर्जना गर्न के सल्लाह दिनुहुन्छ ? भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले उपाधि जितेकी हुन् ।

उनले मिस नेपालसँगै नगद ५० हजार र ‘मिस वल्र्ड’ मा भाग लिने अवसर पाएकी छिन् । यस्तै मिस नेपाल अर्थको उपाधि भने पिन्सा श्रेष्ठले जितेकी छिन् । उनले मिस अर्थमा भाग लिने जानेछिन् ।

यस्तै नेपालकै सबैभन्दा ठूलो भनिएको सौन्दर्य प्रतियोगिताको मिस नेपाल इन्टरनेशल भने सोनिराज भण्डारी भएकी छिन् । उनले मिस इन्रटनेशनलमा भाग लिनेछिन् ।

यस्तै मिस फोटोजेनिक टाइटल शितष्मा बनले प्राप्त गरेकी छिन् । मिस पंक्चुवालिटी एलिसा कुँवर, मिस स्टाइलिस्ट सोनिराज भण्डारी, मिस ट्यालेन्ट लाक्पा तामाङ, मिस पब्लिक लाक्पा वाङपो शेर्पाले प्राप्त गरेकी छिन् ।

यस्तै, मिस बेष्ट हेयर रश्मी अधिकारीले जितेकी छिन् । मिस व्यूटी विथ प्रपोजको साथमा अर्को एक टाइटल पि्रन्सा श्रेष्ठले जितेकी छिन् । मिस फ्रेन्डसिपको टाइटल भने सोनिराज भण्डारीले जितेकी छिन् । मिस पर्सानालिटीको उपाधी प्रनयना केसीले जितेकी छिन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg