गृहपृष्ठ » News » पूर्वमा १५ पुल बन्दै

पूर्वमा १५ पुल बन्दै

 Posted by Itahari Fm | २०७१ बैशाख १९ | ९७८ पटक

pulइटहरी एफएम
इटहरी, १९ वैशाख ः पूर्वका हुलाकी र भित्री सडकमा निर्मित १५ वटा ठूला साना पुल आउदो दुई बर्षभित्र सम्पन्न हुने हुलाकी सडक अयोजना इटहरीले जनाएको छ । तीन बर्ष अघिदेखि विभिन्न स्थानमा काम सुरु भएको पुल निर्माण निकै सुस्त हुदा सडक जोड्न समेत समस्या भइरहेको छ । तर अहिले निर्माण कार्य दु्रत गतिमा भइरहेको भन्दै हुलाकी सडक आयोजनाले दुई बर्षभित्र सबै पुल निर्माण सम्पन्न हुने जनाएको हो ।
नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत हुलाकी सडक आयोजना इटहरी मातहत निर्माण भइरहेको सो पुलहरु करिब दुई अर्ब लगानीमा निर्माण भइरहेका छन् । भारतिय अनुदानमा पूर्वमा बनिरहेका तीन हुलाकी सडक र केहि शाखा बाटोमा पर्ने पुलको निर्माण नेपाल सरकारले नै गरेको हो ।
जस अन्तर्गत पूर्वको सप्तरीमा सबैभन्दा बढी सात वटा पुलहरु निर्माण भइरहेका छन् भने निर्माण भइरहेका १५ पुल मध्ये सबैभन्दा लामो (सात सय २५ मिटरको) कन्काइ नदिको पुल सहित झापामा पाँच वटा पुल निर्माण हुदैछ । यस्तै मोरंगमा दुई तथा सुनसरी र सिरहामा एकएक वटा पुल निर्माण भइरहेको आयोजनाले जनाएको छ । हुलाकी सडक आयोजनाका प्रमुख सिनियर डिभिजन इन्जिनियर कमलदेव साहले पुल निर्माणपछि पूर्वका अधिकांश ग्रामीण भाग मुख्य सडकसँग सिधा जोडिने भएकाले ग्रामीण जीवनस्तरमा समेत सुधार आउने बताउनुभयो ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg