महाकुम्भको विधिवत समापन

सुरेश घिमिरे इटहरी, १९ वैशाख ः प्राचिन हरिद्धार मानिने सुनसरीको बराहक्षेत्र स्थित चतराधाममा लागेको दोस्रो महाकुम्भ धार्मिक महोत्सवको शुक्रबार विधिवत रुपमा अन्तिम शाही स्नान गरेर समापन गरिएको छ । बराहक्षेत्र पिठका पीठाधीश जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको नेतृत्वमा चतराबाट बराहक्षेत्र पुगेको हिन्दु धर्मावलम्वीहरुको समूहले शाही स्नानपछि विधिपूर्वक पूजापाठ गरेर महाकुम्भ समापान गरिएको हो । जगतगुरु रामानन्दाचार्य सेवापीठका आयुर्वेदाचार्य डा. कृष्णदासजी महाराजसहितको साधुसन्त, महात्मा र नाङ्गाबाबाहरुले समेत शाही स्नान गरेका छन् । ठूलो समूहमा उपस्थित साधुसन्त तथा नाङ्गाबाबाहरुको समूहले चतरा र वराहक्षेत्रका विभिन्न देवालयहरुमा पूजा र अनुष्ठान गरेका छन् । महाकुम्भ समापनकै अवसरमा योगीराज पाइलट बाबा, मुक्तिधाम पिठका पिठाधिस कोमल नयनाचार्यजी महाराज, शिक्षामन्त्री … Continue reading महाकुम्भको विधिवत समापन