गृहपृष्ठ » News » महाकुम्भको विधिवत समापन

महाकुम्भको विधिवत समापन

 Posted by Itahari Fm | २०७१ बैशाख १९ | ३३० पटक

IMG_6368सुरेश घिमिरे इटहरी, १९ वैशाख ः प्राचिन हरिद्धार मानिने सुनसरीको बराहक्षेत्र स्थित चतराधाममा लागेको दोस्रो महाकुम्भ धार्मिक महोत्सवको शुक्रबार विधिवत रुपमा अन्तिम शाही स्नान गरेर समापन गरिएको छ । बराहक्षेत्र पिठका पीठाधीश जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको नेतृत्वमा चतराबाट बराहक्षेत्र पुगेको हिन्दु धर्मावलम्वीहरुको समूहले शाही स्नानपछि विधिपूर्वक पूजापाठ गरेर महाकुम्भ समापान गरिएको हो ।

जगतगुरु रामानन्दाचार्य सेवापीठका आयुर्वेदाचार्य डा. कृष्णदासजी महाराजसहितको साधुसन्त, महात्मा र नाङ्गाबाबाहरुले समेत शाही स्नान गरेका छन् । ठूलो समूहमा उपस्थित साधुसन्त तथा नाङ्गाबाबाहरुको समूहले चतरा र वराहक्षेत्रका विभिन्न देवालयहरुमा पूजा र अनुष्ठान गरेका छन् ।
महाकुम्भ समापनकै अवसरमा योगीराज पाइलट बाबा, मुक्तिधाम पिठका पिठाधिस कोमल नयनाचार्यजी महाराज, शिक्षामन्त्री चित्रलेखा यादव लगायत पनि शाहि स्नान र धार्मिक अनुष्ठानमा सहभागी भएका थिए । भारत सहित विदेशका धर्मानुरागी टोली लिएर आएका योगीराज पाइटल बाबाले महाकुम्भको मुख्य यज्ञ स्थलमा जगतगुरु बालसन्तसँगै यज्ञ तथा पूर्णाहुतिमा समेत सहभागी भए ।
यस्तै मुक्तिधाम पिठका पिठाधिस कोमल नयानाचार्य जी महाराज विशेष हेलिकप्टरमार्फत चतरामा पुष्प वृष्ठि गर्दै बराहक्षेत्रमा स्नानका लागि गएका थिए । विशेष हेलिकप्टरमा आएको कोमल नयनाचार्यले हेलिकप्टरमा आकाशमा फन्को मार्दै कृष्णदास जी महाराजको आवास स्थल र कार्यक्रम स्थलमा पुष्प वृटि गरेका हुन् । समापनका अवसरमा उनले पनि बराहक्षेत्र स्थित कोका नदिमा स्नान गरे ।
महाकुम्भ समापनका अवसरमा पत्रकारहरुसँग कुरा गर्दै जगतगु बालसन्त मोहनशरण देवाचार्य जी महारजले महाकुम्भले स्थानियका साथै देशकै प्रतिष्ठा, गौरव र आर्थिक वृद्धिमा समेत ठूलो टेवा पुर्याएको बताए । नेपाललाई महाकुम्भको राजधानीकै रुपमा समेत विकास गर्न सफल भएको उनले बताए ।
यसैबिच, योगीराज पाइटल बाबाको प्रमुख आतिथ्यमा चतराधाममा भएको कार्यक्रममा धर्मविद्हरुले नेपाल अझै हिन्दु राष्ट्र रहेको दावी गरेका थिए । उनीहरुले बिना आधार नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएकोमा विरोध गरेका थिए । महाकुम्भमा नेपाल, भारत सहित विश्वका विभिन्न राष्ट्रबाट आएका करिब एक करोड ५० लाख भन्दा बढी भक्तजनहरुले स्नान र अवलोकन गरेको महाकुम्भ आयोजक समीतीले जानकारी दिएको छ । अवलोकनका लागि आएका भक्तजनहरुले महाकुम्भले देशको गौरव बढाउन ठूलो भूमीका खेलेको बताएका छन् ।
महाकुम्भको प्रधानमन्त्री शुशिल कोईरालाले गत चैत १७ गते उद्घाटन गर्नुभएको थियो भने महाकुम्भमा राष्ट्रपति डा. रामवरण यादव, पूर्वराजा ज्ञानेन्द्र शाह, मन्त्रीहरु, जगत गुरुहरु, आचार्यहरु तथा पिठाधिसहरुको सहभागीता रहेको थियो ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg