गृहपृष्ठ » News » छब्बीस सिटको मनोनयन चाँडै हुने, उपप्रधानमन्त्री–सिंह

छब्बीस सिटको मनोनयन चाँडै हुने, उपप्रधानमन्त्री–सिंह

 Posted by Admin | २०७१ बैशाख २ | २४६ पटक

prakashकाठमाडौँ, ३० चैत । उपप्रधानमन्त्री प्रकाशमान सिंहले मन्त्रिपरिषद्बाट मनोनित हुने २६ सभासद्को मनोनयन चाँडै गरिने बताउनुभएको छ ।नेपाल सांस्कृतिक सङ्घको ६४ औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘संविधानसभाको बाँकी २६ सिटको मनोनयनका लागि दलहरूबीच छलफल चलिरहेको छ, चाँडै मन्त्रिपरिषद्ले यसको टुङ्गो लगाउनेछ ।’उपप्रधानमन्त्री सिंहले जनआन्दोलन २०६२÷६३ बाट प्राप्त सबैखाले परिवर्तनलाई संस्थागत गर्न एक वर्षभित्रै लोकतान्त्रिक संविधान जारी गर्ने प्रमुख कार्यभारअनुरुप सरकारले सबै प्रक्रिया अघि बढाएको बताउनुभयो ।एक प्रसङ्गमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री सिंहले निर्वाचन घोषणापत्रमा सबै दलले संविधानसभाको निर्वाचनपछि छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धता जनाइसकेकाले त्यसअनुरुप सरकारले स्थानीय निकायको निर्वाचनको प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।‘स्थानीय स्वायत्त शासन ऐन, परिमार्जनका लागि कानुन मन्त्रालयमा पठाइसकिएको छ, चाँडै विधेयकको रुपमा संसदमा पेस गरी एक वर्षभित्रै संविधान निर्माणमा कुनै बाधा नपुग्ने गरी विधि र प्रक्रिया पु¥याएर स्थानीय निकायको निर्वाचन गर्छौ त्यसका लागि सरकारले आफ्नो प्रक्रिया अघि बढाइसकेको छ,’ उहाँले भन्नुभयो ।कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुङ्गानाले नयाँ वर्षले नयाँ संविधान दिन सकोस् भनी कामना गर्नुभयो ।

त्यस अवसरमा सङ्घका तर्फबाट नेपाली साहित्य, कला, संस्कृति, समाज सेवा तथा धार्मिक एवम् अध्यात्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने महानुभावलाई रु १० हजार नगदसहित प्रमाणपत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो ।सम्मानित हुनेमा क्रमशः समाजसेवी उदयमोहन श्रेष्ठ (गान्धी तुलसी स्मारक महागुठी अध्यक्ष), पूर्व सभामुख दमननाथ ढुङ्गाना,साहित्यकार बुनु लामिछाने, प्रा. डा विष्णुराज आत्रेय, स्वामी रामानन्द गिरी, रामप्रसाद किजु (महाकाली नाच लोहला समूह), साहित्यकार तारानाथ शर्मा, रामचन्द्र रिजाल, वरिष्ठ पत्रकार मणिराज उपाध्याय, पत्रकार मदन लम्साल, काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुपति प्रा डा सुरेशराज शर्मा हुनुहुन्थ्यो ।त्यसैगरी समाजसेवी दामोदरप्रसाद गौतम, महिला मानवअधिकारकर्मी डा रेणु राजभण्डारी, वरिष्ठ गायिका एवम् वालअधिकारकर्मी नूपुर भट्टाचार्य, डम्बरप्रसाद ढुङ्गेल, हास्य अभिनेत्री बसुन्धरा भुषाल, प्रा डा गोविन्द केसी पनि सम्मानित हुनुभयो ।सङ्घका तर्फबाट प्रदान गरिएका ती सबै पुरस्कार उपप्रधानमन्त्री सिंहले वितरण गर्नुभएको थियो ।सोही अवसरमा नेपाल सांस्कृतिक सङ्घद्वारा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg