असारमा स्थानीय निकायको निर्वाचन
१ वैसाख, विराटनगर । सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले असारमा स्थानीय निकायको निर्वाचन गर्ने बताएका छन् । मन्त्री रिजालले एमालेको आग्रहअनुसार असारमा स्थानीय निकायको निर्वाचन गर्न लागेको बताएका हुन् ।‘सरकारले सबै दलको सहमतिमा असार चाँडै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने छ’, मन्त्री रिजालले भने, ‘केही महिनाभित्रै स्थानीय निकायको निर्वाचन गरेर स्थानीय निकायमा जनप्रतिनिधी पठाइनेछ ।’ विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकाय निर्वाचनबाट संविधान लेखनमा सहज हुने बताए । मन्त्री रिजालले स्थानीय निकाय निर्वाचनबाट चुनिने एक लाख ८० हजार जनप्रतिनिधिबाट अवरुद्ध विकास निर्माणको कार्य सुचारु भई ग्रामीण क्षेत्रका जनताको आर्थिक जीवनस्तर वृद्धि हुने बताए । सरकारका … Continue reading असारमा स्थानीय निकायको निर्वाचन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed