गृहपृष्ठ » News » असारमा स्थानीय निकायको निर्वाचन

असारमा स्थानीय निकायको निर्वाचन

 Posted by Admin | २०७१ बैशाख २ | २४४ पटक

१ वैसाख, विराटनगर । सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले असारमा स्थानीय निकायको निर्वाचन गर्ने बताएका छन् । मन्त्री रिजालले एमालेको आग्रहअनुसार असारमा स्थानीय निकायको निर्वाचन गर्न लागेको बताएका हुन् ।‘सरकारले सबै दलको सहमतिमा असार चाँडै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने छ’, मन्त्री रिजालले भने, ‘केही महिनाभित्रै स्थानीय निकायको निर्वाचन गरेर स्थानीय निकायमा जनप्रतिनिधी पठाइनेछ ।’

 

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकाय निर्वाचनबाट संविधान लेखनमा सहज हुने बताए ।

मन्त्री रिजालले स्थानीय निकाय निर्वाचनबाट चुनिने एक लाख ८० हजार जनप्रतिनिधिबाट अवरुद्ध विकास निर्माणको कार्य सुचारु भई ग्रामीण क्षेत्रका जनताको आर्थिक जीवनस्तर वृद्धि हुने बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री डा. रिजालले सहमतिबाट संविधानसभा समिति निर्माणपश्चात २६ जना सभासद् मनोनित गरिने बताए ।

मन्त्री डा. रिजालले मनोनित सभासद्मा सञ्चारकर्मी ल्याउन विशेष पहल गर्ने बताए । एक प्रश्नको जवाफमा मन्त्री डा. रिजालले राष्ट्रपति, उपराष्ट्रपतिले दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको चर्चा गर्दै नेपाली काँग्रेसले सहमतिअनुसार उनीहरुलाई चाँडै नै संविधानसभाबाट अनुमोदित गराउने बताए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg