गृहपृष्ठ » News » सिरुवा पर्व मनाउँदै,आज पानी सिरुवा

सिरुवा पर्व मनाउँदै,आज पानी सिरुवा

 Posted by Admin | २०७१ बैशाख २ | ४११ पटक

 बैशाख, मोरङ । नयाँ बर्षको आरम्भसँगै राजवंशी समुदायको महान चाड सिरुवा पर्व आजदेखि सुरु भएको छ ।

 मुलुकको पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्ने राजवंशी समुदायले आजदेखि तीनदिन सम्म सिरुवा पर्व विशेष रुपमा मनाउने गर्छन् ।

सिरुवा पर्व अन्तर्गत आज पानी सिरुवा मनाईदैछ । बर्षको पहिलो दिन अर्थात बैशाख १ गते पानी छ्यापा-छ्याप गरी ‘पानी’ सिरुवा मनाउने गरिन्छ । बर्षभरी शितलता प्राप्त होस भन्दै पानी सिरुवा खेल्ने चलन छ । त्यस्तै भोली बैशाख २ गते ‘काद’ सिरुवा मनाईनेछ । आदिवासी समुदायका राजवंशी जातिले आफुलाई भूमि पुत्रका रुपमा चित्रण गर्दै भोली ‘काद’ सिरुवा मनाउने गर्छन् ।

माटोको शरीर माटोमै विलय हुने र माटोले नै जीवन धानेको भन्दै माटोलाई हिलो बनाएर एक आपसमा छ्यापा-छ्याप गरि ‘काद’ सिरुवा मनाउने गर्छन् । सिरुवा पर्वको अवसरमा सरकारले भोली राजवंशीहरुको बसोबास रहेको झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा समेत दिएको छ ।

त्यस्तै सिरुवा पर्वको अन्तिम तथा तेस्रो दिन बैशाख ३ गते ‘रंग’ सिरुवा मनाईने गरिन्छ । बर्षभरी आफुले इच्छाएका विभिन्न इच्छाचाहानाहरु पुराहोस भन्ने कामनाका साथ एकआपसमा ‘रंग’ र अबिर दलेर रंग सिरुवा मनाउने गरिन्छ । सिरुवा पर्वमा राजवंशी समूदायले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा लाग्ने सिरुवा मेला घुम्नुका साथै सामूहिक रुपमा सिरुवा कार्यक्रमहरु आयोजना गरि आपसमा शुभकामना आदान प्रदान गर्ने चलन पनि छ ।

पुरानो बर्षलाई विदाई गर्ने क्रममा हिजो साँझ राजवंशी जातीले गत बर्ष फलेका विभिन्न ७ वटा तरकारीलाई मिसाएर ‘सातसागी’ बनाएर खाएका छन् । त्यस्तै भोली ‘काद’ सिरुवाको दिन घरको कुल देवताको पुजापाठ गरि बर्षभरी घर परिवार तथा परिवारका सदस्यमा कुनै दुःख कष्ट नपरोस् भन्दै बर्षभरीका लागि ‘चातर बाध्ने’ (विशेष पुजा) गरिन्छ । यो पर्व राजवंशीसहित ताजपुरिया, चौधरी, माझी, गन्गाई लगायतका जातिले पनि मनाउने गर्छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg