गृहपृष्ठ » News, इटहरी अपडेट » इटहरीमा गैरकानुनी तरिकाले संचालन गरिएको पोलिक्लिनिकमा तालावन्दी

इटहरीमा गैरकानुनी तरिकाले संचालन गरिएको पोलिक्लिनिकमा तालावन्दी

 Posted by Itahari Fm | error | २३ पटक

इटहरी उपमहानगरले गरेको वजार अनुगमनका क्रममा विराट पाथीभरा अस्पतालको वोर्ड राखेर संचालन गरिएको पोलिक्लिनिकमा तालावन्दी गरिएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको अनुगमनका क्रममा कोशी पाथीभरा पोलिक्लिनकमा तालावन्दि गरिएको हो ।

 

दर्ता नगरि गैरकानुनी तरिकाले अस्पतालको रुपमा संचालन गरेको पाइएकाले तालावन्दी गरिएको उपमेयर गौतमले वताउनुभयो । त्यहाँ वाट म्याद गुज्रिएका औषधीहरु पनि वरामद गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले वताउनुभयो । आज इटहरी मेडिकल हल,शैलुङ मेडिकल हल,पञ्चकोशी हेल्थ सर्भिस सेण्टर प्रा ली, कलस फार्मेसी ५ वटा फार्मेसी तथा मेडिकलहरु अनुगमन गरिएको छ ।

सो क्रममा केहि फार्मेसी तथा मेडिकलमा औषधी ब्यवस्था विभागमा दर्ता नगरिएका खादयपुरक समाग्री वेच्न राखिएको समेत पाइएको औषधी ब्यवस्था विभागका प्रतिनिधि सरोज सुवेदीले वताउनुभयो । मापदण्ड पूरा नगरेकाहरुलाई सुधार गर्न निर्देशन दिइएको उपमेयर गौतमले वताउनुभयो । इटहरीमा वजार अनुगमनलाई तिव्रता दिइएको छ । हिजो मात्र पकली कान्छिचौक र लविपूरका किराना पसलमा अनुगमन गरि म्याद गुज्रिएका समानहरु वरामद गरि नष्ट गरिएको थियो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg