गृहपृष्ठ » News, इटहरी अपडेट » लविपुर,पकली र कान्छीचौकमा वजार अनुगमन

लविपुर,पकली र कान्छीचौकमा वजार अनुगमन

 Posted by Itahari Fm | error | ३२ पटक

इटहरी उपमहानगरद्वारा इटहरीको लविपुर,पकली र कान्छीचौकमा वजार अनुगमन गरि म्याद नाघेका समाग्री वरामद गरिएको छ । उपभोक्ता हित संरक्षण समितिको संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा ती ठाँउहरुका ८ वटा किराना पसलमा अनुगमन गरिएको हो । चार वटा पसलमा म्याद गुज्रिएका समान भेटिएको छ ।

 

मसला,तेल,सुजि,सस,वेसन,कोदोको पीठो,वेसार,फुडकलर,हर्लिक्स,चिया पत्तीको म्याद गुज्रिएको पाइएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भट्टराईले जानकारी दिनुभयो । मूल्यसूची नराखेका,पसलको वोर्ड नराखेका,वर्षेनी नविकरण नगरेका पसलहरुलाई तीनिहरुको ब्यवस्था गर्न निर्देशन दिइएको छ ।

 

म्याद गुज्रिएका समान राख्ने छुटटै ठाँउको ब्यवस्था गर्न र म्याद गुज्रिएका समान भनेर लेखेर टास्न भनिएको छ । इटहरीमा निरन्तर वजार अनुगमन भइरहेको छ । उपभोक्ताको हीत र स्वास्थ्यलाई मध्यनजर गरेर अनुगमनलाई तिव्रता दिइएको उपमेयर गौतमले जानकारी दिनुभयो


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg