गृहपृष्ठ » News, इटहरी अपडेट » खनार वजारमा म्याद गुज्रिएका समाग्री , एउटा पसलमा शिल

खनार वजारमा म्याद गुज्रिएका समाग्री , एउटा पसलमा शिल

 Posted by Itahari Fm | error | १७ पटक

इटहरी उपमहानगरद्धारा खनार वजारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका समाग्री वेच्न राखेको पाइएको छ । अनुगमनका क्रममा एउटा पसलमा शिल गरिएको छ । इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा खनार वजारका ८ वटा किराना पसल अनुगमन गरिएको छ । चार वटा किराना पसलमा म्याद गुज्रिएका समान भेटिएको छ ।

वटटाको पेडा,मिट मसला,खानेतेल ध्यू,विस्कुट,वेसारको प्याकेट लगायत म्याद गुज्रिएको भेटिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले वताउनुभयो । म्याद गुज्रिएका समान वरामद गरिएको छ । गत साल अनुगमनका क्रममा पनि म्याद गुज्रिएका समान वेचविखन गरेको पाइएको विक्रम किराना पसलमा यसपाल पनि त्यस्तै पाइएकाले सिल गरेको उपमेयर गौतमले वताउनुभयो ।

 

मूल्यसूची तथा साइनवोर्ड नभएकालाई तीन दिन भित्र राख्न निर्देशन दिइएको छ । ब्यवसाय नविकरण नगरेकाहरुलाई पाँच दिन भित्रमा गर्न भनिएको छ ।इटहरीमा वजार अनुगमनलाई तिव्र वनाउने उहाँले जानकारी दिनुभयो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg