गृहपृष्ठ » News, इटहरी अपडेट » इटहरीमा माक्स नलगाउनेलाई सय रुपियाँ जरिवाना गरिने,हाटवजार सभा सम्मेलन वन्द

इटहरीमा माक्स नलगाउनेलाई सय रुपियाँ जरिवाना गरिने,हाटवजार सभा सम्मेलन वन्द

 Posted by Itahari Fm | error | १९६ पटक

इटहरीमा कोभिड नियन्त्रण गर्न रेड जोन,माक्स नलगाउनेलाई सय रुपियाँ जरिवाना गरिने,हाटवजार सभा सम्मेलन वन्द ।
इटहरी उपमहानगरले कोभिड नियन्त्रणका लागि रेडजोन सहितको मापदण्ड तोकेको छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा वसेको वैठकले कोभिड रोग रोगथाम तथा नियन्त्रणका लागि ब्यवस्थापन तथा अनुगमन सम्वन्धि मापदण्ड पारित गरेको हो । उपमेयर लक्ष्मी गौतमले प्रस्तुत गर्नुभएको मापदण्डमा इटहरी क्षेत्रको जोखिम वर्गिकरण गरिएको छ ।

इटहरी चौक क्षेत्र, वडा नम्वर ९ हटिया क्षेत्र,वसपार्क,तरहरा वजार,खनार वजार,पकली चौकलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । यसैगरी वढि भीडभाड हुने कार्यालयहरु उपमहानगर कार्यालय,इटहरी अस्पताल,यातायात,वैकहरु,विद्युत कार्यालयलाई रेडजोनमा राखिएको छ । रेडजोन क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरि विना प्रयोजन हिडडुल गर्न वन्द गर्ने निर्णय भएको छ ।माक्स नलगाई हिडने जोकोहीलाई नियन्त्रणमा लिएर सय रुपियाँ जरिवाना गरि एकथान मास्क दिएर सचेत गराइने भएको छ । प्रत्येक पसल,कार्यालय अगाडी सावुन पानीको ब्यवस्था गर्ने,नगरेको पाइए एक पटक सचेत गराउने,पून उल्लंघन गरे संक्रामक रोग ऐन २०२० अनुसार ।कारवाहीको लागि सिफारिस गरिने भएको छ ।साप्ताहिक हटिया वन्द गर्ने निर्णय गरिएको छ । कोभिड रोग पूर्ण नियन्त्रण नभएसम्म सभा,मेला,भोज भतेर तथा सार्वजनिक कार्यक्रमहरुलाई प्रतिवन्ध गरिएको छ ।

जेष्ठ नागरिक,दम,मधुमेह,उच्चरक्तचाप जस्ता दीर्घरोग भएका र गर्भवति,सुत्केरी र वालवालिकालाई उपचारका लागि वाहेक हिडडुलमा रोक लगाइएको छ । नगरप्रमुख द्धारिकलाल चौधरीले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न नगरवासीमा आग्रह गर्नुभएको छ । उपमेयर गौतमले पनि मापदण्ड वनाएर मात्र नहुने भएकाले कडाइका साथ पालना गर्न र गराउनुपर्नेमा जोड दिनुभएको छ । एक महिना अघिनै मापदण्ड लागु गरिएको भए अहिलेको जति प्रभाव नहुने उहाँको भनाई छ । मापदण्ड पालना भए नभएको कडाइका साथ अनुगमन गर्ने निर्णय गरिएको छ । होम आइसोलेसनको मापदण्ड नपुगेको अवस्थामा संक्रमितलाई इटहरी आइसोलेसनमा राखिने भएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज राम कुमार धमलाका अनुसार अहिले इटहरीको होम आइसोलेसनमा २सय ८६ जना छन । इटहरीको आइसोलेसनमा ४५ जना छन ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg