गृहपृष्ठ » News » प्रदेश १ मा आज १ सय ६ संक्रमित थपिए, १ सय १९ डिस्चार्ज

प्रदेश १ मा आज १ सय ६ संक्रमित थपिए, १ सय १९ डिस्चार्ज

 Posted by Itahari Fm | error | ३६ पटक

विराटनगर, १० असोज । प्रदेश १ मा आज १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मनत्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् । मोरंगको बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ३ महिला ८ पुरुष, इटहरीमा ४ महिला ६ पुरुष, गढी र बर्जुमा १–१ महिला, दुहवीमा १ पुरुष, झापाको विर्तामोडमा १ महिला २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र कनकाईमा १–१ पुरुष, भोजपुरमा १ महिला र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार २५५ पुगेको छ ।

प्रदेश १ मा आज १ सय १९ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ८९, विराट मेडिकल कलेजबाट १९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाँउबाट ५, नोवेल मेडिकल कलेजबाट ३, भानुजन मावि आईसोलेसन, ताप्लेजुङ, बैजनाथपुर आईसोलेसन, विराटनगर र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १–१ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८८ पुगेको छ ।

प्रदेश १ मा आज ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४१ महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २० हजार २३ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg