गृहपृष्ठ » News, इटहरी अपडेट » इटहरीमा सय वेडको आइसोलेसन संचालनमा

इटहरीमा सय वेडको आइसोलेसन संचालनमा

 Posted by Itahari Fm | error | ३२ पटक

इटहरीमा आज सोमबार देखि सय वेडको आइसोलेसन संचालनमा आएको छ । कोभिड रोकथाम तथा नियन्त्रण मुल समितिका संयोजक नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले यस्तो निर्णय गरेको हो । प्रदेश सांसदहरु सर्वध्वज साँवा र लिलम वस्नेत तथा प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रतिनिधि,सहयोगि कार्यालय संघ सस्थाका प्रतिनिधि सहित वैठक वसेको हो ।

वैठकमा प्रदेश साँसदहरु सर्वध्वज साँवा र लिलम वस्नेतले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा मनिश शर्मा र स्वास्थ्य महाशाखा प्रमुख चौधरीलाई आइसोलेसनको चावी र पिपिइ हस्तान्तरण गर्नुभयो । इटहरी उपमहानगरको कार्यपालिका वैठकले आइसोलेसन संचालनको जिम्मेवारी पनि भूपेन्द्र वराल संयोजकत्वको कोभिड रोकथाम तथा नियन्त्रण तथा ब्यवस्थापन उपसमितिलाई दिइसकेको छ । उपसमिति संयोजक भूपेन्द्र वरालका अनुसार इटहरी रंगशालामा १६ वटा शौचालय,४ वटा वाथरुम,२ वटा लुगाधुने ठाँउ सहितको आइसोलेसन निर्माण गरिएको छ ।

लक्षण नदेखिएका कोभिड संक्रमित राखिने आइसोलेसनमा वाइफाई र सिसिटिभी जडान गरिएको छ । खानेपानी र विद्युतको उचित प्रवन्ध गरिएको छ । त्यहाँ ८ जना स्वास्थ्यकर्मी र ३ जना सफाइकर्मी खटिने छन । सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । आइसोलेसनमा शारीरिक ब्यायाम,योगा,काउन्सिलिङको ब्यवस्था गरिने छ ।

आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख रकम सहयोग गरेको थियो । विद्युत प्राधिकरण,नेपाल टेलिकम,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी,इटहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्था,उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ सस्था तथा ब्यक्तिको सहयोगमा उपमहानगरले आइसोलेसन निर्माण र सञ्चालन गर्न लागेको हो । संचालनका लागि ठूलो खर्च लाग्ने भएकाले सहयोगका लागि उपसमितिले आग्रह समेत गरेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg