गृहपृष्ठ » News » एफवान सफ्टद्धारा ‘क्वीकभुक्तानी’ प्लाटफर्मकाप्रथमप्रयोगकर्ताहरु सम्मानित

एफवान सफ्टद्धारा ‘क्वीकभुक्तानी’ प्लाटफर्मकाप्रथमप्रयोगकर्ताहरु सम्मानित

 Posted by Itahari Fm | error | १०८ पटक

एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीकभुक्तानी’नामक नेपालकै नवीनतमअनलाइनइन्भ्वाइस डिस्काउन्टिङ (Invoice Discounting) प्लाटफर्म को कार्य सुरुवातभएको अधिकारिक घोषणा गर्नुका साथै यसकाप्रथमप्रयोगकर्ताहरुलाई सम्मानित गरेको छ । सम्मानितहुनेहरुमाप्रथम बैंकको रुपमा मेगा बैंक , प्रथमक्रेता(buyer) कम्पनीको रुपमाहामा कन्सट्रक्सन प्रा. लि. र प्रथमबिक्रेता(buyer) कम्पनीको रुपमा बि एल स्टील प्रा. लि. रहेका छन् ।

‘क्वीकभुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रम सँगको साझेदारीमाएफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । आबद्ध बैंकहरुले आफ्नाग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवाउपलब्ध गराँदछन् भने एफवान सफ्टले त्यसको व्यवस्थापनतथाप्राविधिक सहयोग गर्दछ ।

‘क्वीकभुक्तानी’ यस्तो अनलाईन प्लेटफर्र्म हो जसले बिभिन्नप्रकारका सामानतथा सेवाउपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर) , ती सामानतथा सेवाकिन्ने क्रेता(buyer) कम्पनीहरू र तीकम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ । सप्लायरले, यो प्लाटफर्र्र्र्म प्रयोग गरी, आपूर्ति गरिएको सामानतथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकमभुक्तानीलिन पाउँदछ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्तभुक्तानीगर्दा बैंकले आफ्नो सेवाशुल्क कटाइ भुक्तानीगर्नेछ र पछि तोकिएको मितिमाबिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्तगर्नेछ ।

हाल यस क्वीकभुक्तानी’प्लेटफर्र्ममालक्ष्मी बैंक र मेगा बैंक आबद्ध भएका छन् भने अन्य बैंकहरु पनि आबद्ध हुने प्रक्रियामा छन् । अधिकांशकारोबार उधारोमाहुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीकभुक्तानी’एकदमै सान्दर्विक र लाभदायकहुने विश्वास एफवान सफ्टले लिइएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg