गृहपृष्ठ » खेल/मनोरन्जन » अभिनेता विराज भट्ट द्वारा निर्देशित तथा अभिनीतचलचित्र ‘साङ्लो’ माघ २४ गतेबाट देश भर प्रदर्शनमा आउदै

अभिनेता विराज भट्ट द्वारा निर्देशित तथा अभिनीतचलचित्र ‘साङ्लो’ माघ २४ गतेबाट देश भर प्रदर्शनमा आउदै

 Posted by Itahari Fm | error | २२५ पटक

अभिनेता विराज भट्ट द्वारा निर्देशित तथा अभिनीत चलचित्र ‘साङ्लो’ माघ २४ गतेबाट देश भर प्रदर्शनमा आउदैछ । चलचित्र ‘साङ्लो’ मा पूर्व मिस नेपाल निकिता चाण्डकसँग अभिनेता विराज भट्टले रोमान्स गरेका छन । बिराजले करिब ४ वर्षपछि आफ्नै निर्देशनमा चलचित्र ‘साङ्लो’ लिएर आउँदैछन । बिराज भट्ट यो चलचित्र दर्शकले मनपराउनेमा ढुक्क छन् । चलचित्रको ट्रेलर र गीत हेर्दा चलचित्रले दर्शक हलसम्म तान्न सक्ने सम्भाबना धेरै देखिन्छ ।

विराज भट्ट आफैंले निर्माण गरेको चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारीलगायतका कलाकारको पनि अभिनय छ । शिवम अधिकारीको लेखनमा रहेको चलचित्रमा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन रहेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg