गृहपृष्ठ » खेल/मनोरन्जन » गायक नवीन के भट्टराईको एक्लो यात्रा, सद्दाम हुसैन संग बर्षा (भिडियो सहित)

गायक नवीन के भट्टराईको एक्लो यात्रा, सद्दाम हुसैन संग बर्षा (भिडियो सहित)

 Posted by Itahari Fm | error | २४७ पटक

ईटहरी/ कुनै एकबेला नेपाली संगीत उधोगका चर्चित पप गायक नबिन के भट्टराईको स्वरमा सजिएको एक्लो यात्रा बोलको गीत तथा म्यूजिक भिडियो बिहिबार सार्वजनिक भएको छ । पार्वती सुबेदीको शब्द रहेको म्यूजिक भिडियोको निर्देशक आर्यान बिक्रम नेपालले गरेका छन ।

सार्बजनिक भिडियोको गितमा संगीत सिखर सन्तोसको रहेको छ । भिडियोमा सद्दाम हुसेन र बर्षा सुनुवारको अभिनय रहेको छ । भिडियोमा हुसेन र सुनुवारले निकैनै राम्रो अभिनय गरेका छन् । बर्षाको निधन भएपछि हुसेन एक्लो भएर दिन रात बर्षालाई नै सम्झिरहने र बर्षाकै बारेमा सोचिरहने हुसेन बाईकमा गुडिरहेको बेला बर्षालाई सम्झिरहेको हुन्छ, र उसको पनि कारसंग गएर ठोकीन्छ र हुसेनको पनि मृत्यु हुन्छ ।

कथालाई भिडियोमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ भने कलाकारले पनि कथाको मर्मलाई न्याए दिएका छन् । भिडियोमा एक्लो हुदाको पिडालाई पनि समेटिएको छ । आदिल अन्सारी र सिशा घिमिरेले संयुक्त सम्पादन गरेको म्यूजिक भिडियोमा छायंकन आदिल अन्सारी संगै न्यु क्रीयसन स्टुडियो हेटौंडाले गरेको हो । भिडियोलाई गीतका गायक नबिन के भटट्राईकै युट्युब च्यानबाट गत बिहिवार सार्वजनिक गरिएको थियो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg