गृहपृष्ठ » इटहरी अपडेट » रंगमहलका शिवराजले पाए थाईल्याण्ड टुर अफर

रंगमहलका शिवराजले पाए थाईल्याण्ड टुर अफर

 Posted by Itahari Fm | error | ३४८ पटक

इटहरी एफ.एमले विगत बर्ष देखी सुरु गरेको थाईल्याण्ड टुर अफर आज सार्वजनिक गरेको छ । २०७६ सालको बडा दशैँ तिहार तथा छठ पर्वको अवसरमा थाईल्याण्ड टुर रंगमहल इटहरीलाई परेको छ । आज भएको लक्की ड्रमा रंगमहलका सञ्चालक शिवराज निरौला लाई थाईल्याण्ड टुर घुम्न जाने अवसर प्राप्त भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले तानेको लक्की नम्बर २१ मार्फत उनको नाम सार्वजनिक गरिएको थियो ।
विगत बर्ष जस्तै यस बर्ष पनि बडादशैँको फूलपातिको दिन लक्की ड्र गरिएको हो । एफएमलाई शुभकामना दिने विज्ञापनदाता तथा ग्राहकहरु मध्येबाट एक जनालाई थाईल्याण्ड लैजाने व्यवस्था इटहरी एफ.एमले सुरु गरेको छ ।
बिजेतालाई ४ रात ५ दिनको थाइल्याण्ड टुरको ब्यवस्था हुनेछ । . आफ्नो निजी काम र किनमेल बाहेक इटहरीबाट हिँडेदेखि इटहरी आउँदा सम्मको खर्च एफएमकै हुनेछ ।

लक्की ड्र मार्फत आफ्नो नाम सार्वजनिक भएपछि खुसी लागेको शिवराज निरौलाले प्रतिक्रिया दिएका छन् । विज्ञापन दिए वापत आफुलाई थाईल्याण्ड घुम्ने अवसर प्राप्त भएको आफुलाई धेरै खुसी लागेको बताउँदै एफएमलाई धन्यवाद पनि दिए ।
यता लक्की सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै नेपाल पत्रकार महासंघका अध्यक्ष अमर खड्काले इटहरी एफ.एमले सुरु गरेको योजना सृजनशिल भएको बताए । सञ्चार माध्यममा विज्ञापन दिए पछि त्यसबाट आफुलाई पनि केही फाईदा हुने योजना विज्ञापनदाताका तथा ग्राहकका लागि राम्रो अवसर भएको बताए ।
विजेतासँगको आपसी समन्वयमा थाईल्याण्ड जाने समय टुंगो लगाईने इटहरी एफ.एमका प्रबन्ध निर्देशक चेतन धमलाले बताए । सँधै विज्ञापनदिने विज्ञापनदातालाई चाडपर्वको अवसरमा केही आफ्नो तर्फबाट पनि कोसेली स्वरुप अवसर प्रदान गर्न थालेको निर्देशक धमलाले बताए । यो योजनालाई थप परिस्कृत तथा सृजनशिल बनाउँदै लैजाने पनि उनले जानकारी दिए ।

अघिल्लो बर्ष पनि इटहरी एफ. एम.ले दशै तिहारको समययमा यस्तै योजना ल्याएको थियो र अघिल्लो बर्ष इटहरीका करण बिष्ट बिजेता बनेका थिए । करण एफ.एम.को टिम सहित अंग्रेजी नया बर्षको समयमा थाइल्याड टुर गएका थिए ।
यस बर्षको बिजेतालाइ पनि अंग्रेजी नया बर्षकै आसपास हुने गरि थाइल्याण्ड टुर लाने एफ.एम.का अध्यक्ष धमलाले बताउनु भएको छ ।
लक्की ड्र मार्फत छनोटमा परेका बिजेतालाई ४ रात ५ दिनको थाइल्याण्ड टुर प्याकेजको ब्यवस्था हुनेछ । यस पटकको टुर पार्टनर काठमाण्डौको संखमुलमा मुख्य कार्यालय रहेको मुस्तागं इमिरेट्स ट्राभल एण्ड टुर्स प्रा.लि. रहेको बताइएको छ । अघिल्लो बर्ष पनि यही ट्राभल बाट इटहरी एप.एम.ले थाइल्याण्ड टुर गराएको थियो ।

आजको लक्की ड्र कार्यक्रममा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष धन बहादुर पुरी,नेपाल पत्रकार महासंघका सचिव हिमाल दहाल, एपीवान टेलिभिजन प्रदेश १ व्युरो प्रमुख मिलन बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।।

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg