गृहपृष्ठ » चर्चाका चार » श्रावण महिनाका चर्चितहरु

श्रावण महिनाका चर्चितहरु

 Posted by Itahari Fm | error | २७५ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएर चर्चामा आएका चर्चित मध्येका चार व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिन्छ । विभिन्न सञ्चार मध्यममा आएका समाचार, विश्लेषण अनि सार्वजनिक स्थल, कार्यक्रममा हुने छलफल तथा बहसका आधारमा इटहरी एफ.एमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।यो महिना पनि विभिन्न घटना तथा परिघटनाहरु चर्चामा आए । ति घटनाहरुमा विभिन्न व्यक्तिहरु जोडिएर चर्चित भएर बजारमा छाए ।  श्रावण महिनाभर  चर्चामा आएका विषय मध्येबाट बढि चर्चामा आएका व्यक्तिहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

रेवतिरमण भण्डारी


रेवतिरमण भण्डारी नेकपाका नेता हुन । नेपालको संविधानका मस्यौदाकार हुन । अहिले भने प्रदेश १ का कानुन मस्यौदा समितीका संयोजक हुन । यो महिना उनी चर्चामा आए । संविधान सभाको सदस्य रहि सकेको, नेपालको संविधानको मस्यौदाकार जस्तो मान्छे एक क्याम्पसको अध्यक्षका लागि निर्वाचन लडेको विषयको चर्चाले बजार पिट्यो । उनको यो कदमका बारेमा स्थानिय स्तर देखी देशभर नै चर्चा चल्यो ।
नेता भण्डारी इटहरीको जनता बहुमुखी क्याम्पसको अध्यक्षका लागि निर्वाचनमा सहभागि भए । उनलाई नै अध्यक्ष बनाउने दलहरुको भद्र सहमति पछि उनी निर्वाचनमा गएका थिए । तर यहाँ रोचक त के छ भने भण्डारी नेकपाको आधिकारीक लाईन बाट क्याम्पसको सञ्चालक समितीमा गएका भने होईन । उनलाई त पाटिले कारबाही गर्ने धम्की दिँदा दिँदै बाहिरका अन्य पाटिको साथ समर्थनमा अध्यक्ष हुन गएका थिए । भण्डारीलाई क्याम्पसको सञ्चालक समिती निर्वाचित हुँदै अध्यक्ष हुन स्वंयम पाटिले खुट्टा तानेको थियो भन्ने बजारमा चर्चा छ । त्यसमा पनि विशेष गरी भिम आचार्यको निर्देशनमा नगर सचिव काशीनाथ दंगालले उनलाई रोक्न कारबाहीको धम्की समेत दिएको चर्चा बजारमा छ । प्रदेश इन्र्चाज भीम आचार्य र नेता भण्डारी एकअर्काका जानि दुस्मन हुन । एकले अर्काको खुट्टा तान्न हदै सम्म तल झर्ने बजारमा चर्चा छ । सांसदको टिकममा रोकेका भीम आचार्यले यस पटक नेता भण्डारीलाई जनता क्याम्पसमा जान रोक्न प्रयास गरेकै हुन । तर पाटिलाई नै क्रस गर्दै भण्डारीले अन्य पाटिको समर्थनमा जित्ने देखेपछि नेकपा नगर उनको पक्षमा बाध्य भएर उभिनु परेको थियो । त्यसको प्रतक्ष्य असर निर्वाचनमा देखियो । वडा अध्यक्ष र क्याम्पसका पूर्व उपाध्यक्ष चन्द्र भट्टराईले हार्नुपर्यो । यसले नेकपा भित्र भाँडभैलो सृजना भएको छ । नेकपा दुई खेमामा बाँडिएको छ ।
नेपाली काँग्रेसले आफ्नो मुखको गाँस झिकेर नेता भण्डारीलाई दियो । रातो कार्पेट ओछ्याएर काँग्रेसले भण्डारीलाई अध्यक्ष दिएर क्याम्पसमा स्वागत गरेको हो । अध्यक्षका लािग आफ्नो पक्षमा स्पष्ट मत हुँदा हँुदै काँग्रेसले अन्तर पाटिका केही व्यक्ति तथा स्वंयम आफ्नै पाटि भित्रका केही व्यक्तिलाई साईजमा ल्याउन यो कार्ड खेलेको बजारमा चर्चा छ । यो खेलको डिजाईन र नेतृत्व काँग्रेस नगर सभापति रहेको पनि बजारमा चर्चा छ । दल मिलाउने देखी, भण्डारीलाई क्याम्पसमा स्वागत गर्दै नेकपा भित्र कलहको विऊ रोप्ने र आफ्नै पाटि भित्रका व्यक्तिलाई साईजमा ल्याउनमा उनी पनि सफल भएको बजारमा चर्चा हुन गरेको छ ।
तर जे होस एउटा बौद्धिक व्यक्ति नै जनता बहुमुखी क्याम्पसको नेतृत्व पुगेका छन् । देशकै कानुन मस्यौदा गर्ने व्यक्तिले क्याम्पसको नियम कानुन र विकास कसो राम्रो नगर्लान ।।
समिरचन्द्र खरेल


इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख हुन समिरचन्द्र खरेल । इटहरीको शान्ति सुरक्षाको जिम्मेवारी लिएर इटहरी आउँदै गर्दा उनको खासै त्यति धेरै चर्चा भएन । सामरिक हिसाबले इटहरी प्रहरी वृत्तमा निकै चासो र चर्चा हुने क्षेत्र हो । यहाँको नेतृत्व गर्ने प्रहरी अधिकृतहरु देशमै कुनै न कुनै रुपमा चर्चामा आउने गर्छन् । यौन अखडाको चरित्रलाई नामेट पार्दै जेलको हावा खुवाउने विनोद शर्मा, राजनितिक द्धन्द्धमा फस्दै सडक देखी सदन सम्म चर्चा हुने सिजन काण्डका शिव श्रेष्ठ, साढे ३३ केजी सुन र गोरे काण्डका संजय राउत नै किन नहोस् सबैले आफ्नो कामको कारणले चर्चा पाएका थिए । समिरचन्द्र खरेल पनि जाँदा जाँदै चर्चामै रहे । पछिल्लो समय लागुपर्दाथ किनबेचको अखडा जस्तो भएको इटहरीमा उनले केही कारोबारीलाई पक्राउ गर्दै चर्चामा आए ।
नेपाली सेनाको पूर्वी पृतना मुख्यालय अन्र्तगतका एक मजेर लागुऔषध ब्राउन सुगरसँगै पक्राउ परे । एक उच्च तहका सेनाको मेजर जो इटहरीमा रहेर ब्राउन सुगरको कारोबार गर्दै आएका थिए । उनलाई पक्राउ गर्दै समिर चर्चामा आए । त्यो भन्दा पनि सैनिक अधिकृतलाई सिभिल ल अन्र्तगत नै कानुनी प्रकृया चलाएर उनी बढि चर्चामा आए । सामान्यतया सैनिक वा सैनिक अधिकृतलाई प्रहरीले कानुनी प्रकृया अनुसार कारबाही गरेको पाईदैन । सैनिक कानुन अनुसार नै कोट मार्सल गर्दै उतैको नियम अनुसार सजाय दिईन्छ । तर यस पटक समिरले एक नजिर स्थापित गराईदिए, त्यो पनि एक उच्च तहका सैनिक अधिकृतको केशमा । हुन त सैनिक अधिकृतहरुले मेजरलाई पृतनामा बुझाउन पटक पटक आग्रह सहितको दवाव दिएको थियो । हामी आफ्नो मान्छेलाई आफै कारबाही गछौँ भन्दै केही उच्च तहका सैनिक अधिकृतले इलाकामै आएर पृतनामा बुझाउन आग्रह गरेकै हुन । तर समिरले मानेनन् । सैनिक इलाका भन्दा बाहिर आएर गरेको अपराध सिभिल ल अन्र्तगत हुने उनको तर्कले एक नजिर बनेको छ । अब अदालतले यसलाई कसरी निकास दिने हो त्यो हेर्न भने बाँकी छ । समिरले कुनै होहल्ला वा चर्का कुरा गरेनन । तर लागुऔषध कारोबारीहरुलाई पक्राउ गर्दै काम देखाए । जाँदा जाँदै समिरले इटहरीका सम्भ्रान्त वर्गका व्यक्तिहरु र उनका छोराछोरी ब्राउन सुगरको लतमा रहेको खुलासा गरेका छन् । उनीहरुलाई सुधारकेन्द्र सम्म पुर्याउनुपर्ने उनको तर्क छ । अनि कारोबारीको जरो उखेल्न बाँकी नै छ । अव आउने प्रहरी अधिकृतले यसलाई कसरी अगाडि बढाउने हुन त्यो हेर्न भने बाँकी नै छ । तर समिर एक नजिर स्थापित गर्दै इटहरीबाट विदा भएका छन् ।।

रन्जु सिग्देल


रन्जु सिग्देल इटहरीमा चिनिएको नाम हो । इटहरीमा सक्रिय महिलाको सुचिमा उनको नाम अघिल्लो पंक्तिमै आउँछ । व्यवसायी,सामाजिक अगुवा सँगै नेकपाकी नगर कमिटी सदस्य रन्जुको सक्रियता सबै क्षेत्रमा छ । हुन त उनी समय समयमा चर्चामा आउने व्यक्ति नै हुन । उनका विषयमा बजारमा चर्चाहरु आई नै रहन्छन् । यो महिना पनि उनको चर्चा भयो । भर्खरै सम्पन्न भएको उद्योग वाणिज्य संघको निर्वाचनको नतिजाले ओझेल पारे पनि रन्जुको चर्चा भने सेलाएको छैन । बरु अझ बढेको छ । उनकै नेतृत्वमा आयोजना गरिएको तिज विशेष सृजनशिल महिला उद्यमी मेलाले उनलाई चर्चामा ल्यायो । प्रदेश भरका उद्यमी महिलाको उत्पादन राखेर मेला समपन्न भयो ।
यस्ता मेला महोत्सव उद्योग वाणिज्य संघले गर्ने भन्दै घोषणा पत्र बाँडेको थियो । तर रन्जुले उद्योग वाणिज्य संघलाई नै काउन्टर दिँदै उद्यमी महिला मेला आयोजना गरेको बजारमा चर्चा भयो । उनको मेलामा उद्योग वाणिज्य संघले सहयोग गरेन, गरिएको देखिन । रन्जुले मेला लगाउने बजारमा चर्चा चल्ने वित्तिकै उद्योग वाणिज्य संघ पनि सक्रिय भयो । उद्योग वाणिज्य संघले भने स्वास्थ्य शिविर राखेर बजारमा फरक देखिन खोजेको पनि बजारमा राम्रै चर्चा भयो ।
रन्जुले आफु कमजोर नभएको भन्दै आफ्नो प्रभाव देखाउन कार्यक्रम आयोजना गरेको भन्ने बजारमा चर्चा चल्यो । यसरी नै कार्यक्रम हुँदै गए भने व्यापारीहरुको समानन्तर सत्ता चल्ने त होईन भन्ने सम्मका चर्चाहरु व्यापारीक वृत्तमा छाएको छ । धेरै व्यापारीले भने हारको सम्मान गर्दै रन्जुले फेरी आफ्नो व्यवसायीक सक्रियता बढाउँनु राम्रो भएको पनि बताउने गरेका छन् ।
तर जुन रुपमा उद्यमी महिला मेलाले इटहरीमा ठुलो उत्साह पाउनुपर्ने हो त्यो भने पाउन सकेन । जति सहभागिता हुनुपर्ने हो त्यो नभएको कुरा बाहिर आए । व्यापारी वीचको बेमेलले नै त्यो अवस्था आएको चर्चा भयो । अर्को तर्फ मेला आयोजकले नै मेलालाई एक पक्षिय बनाएको पनि कुरा आए । तर जे होस् व्यापारी महिला नेतृ रन्जुको यो महिना पनि राम्रै चर्चा भयो । निर्वाचनको नतिजाले केही कम भएको चर्चालाई उद्यमी मेलाले अझ बढाई दियो ।।

भीम दाहाल


भीम दाहाल, एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख हुन । एस पी दाहाल ट्राफिक प्रहरी कार्यालयमा आएसँगै प्रदेशका ट्राफिक प्रहरीहरुको सक्रियता बढेको छ । बजारमा ट्राफिकहरुको बेग्लै प्रभाव देखिन्छ ।
अहिले बजारमा दिशानिर्देश गर्ने ट्राफिकका हातमा ह्वील लक हुने गरेको छ । नो पार्किङमा पार्क गर्ने वित्तिकै टफिकको हातको ह्वील लक गाडिको चक्का हुन्छ । काठमाण्डौँ तिर यस्तो देख्ने सुन्ने गरेको ह्वील लकले अहिले इटहरीमा चर्चा पाएको छ । बजारमा ट्राफिकले ह्वील लकको आतंक नै सृजना गरेको बजारमा चर्चा छ । भीम दाहाल ट्राफिक प्रहरीको प्रमुख भएर आएसँगै यो ह्वील लक सुरु भएको हो । यसले उनको पनि चर्चा बढाएको छ । जथाभावी पार्क गर्नेहरु, बाटो नै ढाकेर पार्क गर्दै फुर्ति लाउनेहरु ट्राफिकको ह्वील लकले मरिच भैmँ खुम्चीएका छन् । मोटरसाईकल देखी चार चक्के सवै ट्राफिकको यो अभियानले लाईनमा आउँदैछन् । यसले बजारमा राम्रै प्रभाव पार्दै छ । यो कार्यको धेरै प्रशंसा नै गरेका छन् ।
तर बजारमा ट्राफिकका विरुद्धमा आक्रोश पनि बढेको छ । नियम सवैलाई बराबर हुुनुपर्ने हो तर यहाँ विभेद भएको भन्दै विरोधका आवाज पनि सुनिएका छन् ।मान्छेको अनुहार हेरेर कानुन लगाएको भन्दै स्थानियहरु ट्राफिक प्रहरी प्रति आक्रोसित भएका हुन । कुनै चिन जानेको छ भने प्रहरीले त्यसै छाडिदिने, प्रहरी आफै साईट लाग्ने गरेको बजारमा चर्चा छ
विशेष गरी गाडि किनेकै कारणले अहंकार बोकेर घमण्ड गर्ने तर गाडि सकडमा पार्क गर्दै पावर देखाउने इटहरीका ठुला भनिएका व्यक्तिलाई ट्राफिकले छुन नसकेको भन्दै सवारी चालकहरु आक्रोशित छन् । बजारका पार्किङ स्थलमा धनि भनिएका व्यक्तिका रातो प्लेटका गाडि भरिने गरेको छ । अनि कालो प्लेटहरु अन्यत्र पार्क गर्नुपर्ने बाध्यता छ बजारमा ।
योसँगै सिटी सफारीको मनपरीमा ट्राफिक प्रहरीको मौन अवस्थालाई भने शंकास्पद रुपमा बजारमा चर्चा हुने गरेको छ । बजारमा कुद्न नपाउने सफारी मनपरी जथाभावी, जुनपायो त्यहि रुटमा कुद्ने गरेका छन् । यो देखेर पनि नदेझै गर्ने ट्राफिक प्रहरीको शैलीले भने ट्राफिक प्रतिको विश्वास कम गराउँदै लगेको छ । राम्रो काम गर्दा गर्दै पनि इटहरी ट्राफिक प्रहरी साना साना कारणले विवादित बन्ने गरेको छ ।
तर जे होस प्रदेश ट्राफिक प्रहरी र एस पी भीम दाहालको बजारमा राम्रै चर्चा छ । यो कार्यले निरन्तरता पाउने हो वा यत्तिकै सेलाउने हो त्यो हेर्न भने बाँकी नै छ ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg