गृहपृष्ठ » खेल/मनोरन्जन » सन्नी लिओनीले ठुम्का लगाएको नेपाली फिल्म ‘पासवर्ड’ को अफिसियल पोस्टर लञ्च

सन्नी लिओनीले ठुम्का लगाएको नेपाली फिल्म ‘पासवर्ड’ को अफिसियल पोस्टर लञ्च

 Posted by Itahari Fm | error | २६ पटक

भाद्र २७लाइ आफ्नो मिति तय गरेको नेपाली चलचित्र ‘पासवर्ड’ को अफिसियल पोस्टर लञ्च भएको छ । पोस्टरमा बलिउड अभिनेत्री सन्नी लिओनी सहित चलचित्रका प्रमुख कलाकारहरु फिचर्ड छन । रविन्द्र झा, बुद्धि तामाङ, प्रविण खतिवडा, लिशा सुनार, विक्रान्त बस्नेतलगायतका कलाकारहरुलाई पनि पोस्टरमा देख्न सकिन्छ ।

यो चलचित्रको पहिलो गीत ‘मेरो नाम सन्नी’ बोलको गीत यसअघि नै इन्टरनेट रिलिज भइसकेको छ । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन । अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के थापा सह निर्माताको रुपमा रहेका छन। सम्राट बस्नेत फिल्मका निर्देशक हुन भने, सौरभ लामा छायाँकार हुन । चलचित्र‘पासवर्ड’ मा धिरेन शाक्य, परी राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg