गृहपृष्ठ » खेल/मनोरन्जन » फिल्म’हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक ( ट्रेलर )

फिल्म’हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक ( ट्रेलर )

 Posted by Itahari Fm | error | ३८ पटक

आउँदो साउन ३० गतेबाट प्रदर्शनमाआउने गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजनागर्दै सार्वजनिकगरिएको ट्रेलरमाफिल्मको कथासार देखाइएको छ । सार्वजनिक ट्रेलरमाफिल्मकाअधिकाँस कलाकारहरु फिचर्ड छन् । आर्यन सिग्देललाई ट्रेलरमादुइ गेटअपमा देख्न सकिन्छ भने उनले ’हजार जुनीसम्म’पनिआफ्नो प्रेमलाई पर्खिएको विषयमाफिल्म केन्द्रित छ । ट्रेलरमा स्वस्तिमा खड्का , सलोन बस्नेत , संचिता लुइँटेल , शिवहरी पौडेल , अखिलेस प्रधान र अनुभव रेग्मीपनि फिचर्ड छन् । नाई नभन्नु ल सिरिजकानिर्देशकबिकासराजआचार्यको निर्देशनमातयार फिल्मलाई प्रेम कथामाआधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशकआचार्यले फिल्मको पटकथा सामिप्यराजतिमल्सेनासंगको सहकार्यमातयार पारेकाहुन् । कार्यक्रममा सम्पूर्ण कलाकार उपस्थितभएतापनिनिर्देशकआचार्य भने उपस्थितथिएनन् । पछिल्लो समय अस्वस्थ भएपछी चिकित्सकको सल्लाहअनुसार उनि भिडभाडमा नदेखिएकाहुन् । उनको प्रतिनिधित्वगर्दै पटकथाकार सामिप्यले यो पूर्ण रुपमा फ्याम्ली ड्रामा भएको बताए । ’हामीले स्टारडमको आधारमाभन्दापनिकथानुसार फिल्मको लागि कास्ट गरेका छौ’ उनले भने । उनकाअनुसार फिल्म पूर्ण रुपमापारिवारिक छ र यसले हाम्रै वरपरको कथालाई वाचन गरेको छ ।

 

कार्यक्रममाउपस्थितआर्यनले यसले नेपालको सुन्दरतालाई पनि समेटेको बताए । ’हामीले पोखराबाट सुरु गरेको छायाँकन सिक्किमसम्मपुगेको छ त्यसैले यसले हाम्रो सुन्दरतालाई समेटेको छ’ उनले भने ’यो फिल्मको रोल मैले गरिरहेको जस्तै भएपनि प्रस्तुतिकाहिसाबले फरक छ ।’ उनले आफु भन्दा २० वर्ष बढी उमेर देखिँदा केहि कठिनाइ भएको बताए । यसैगरी स्वस्तिमाले पनिफिल्मले दर्शकको मन छुने बताइन । गतवर्षकी नेशनल अवार्ड विनर अभिनेत्रीले फिल्मले पारिवारिक कथालाई समेटेको बताइन । यसैगरी सलोनले आर्यनको अभिनयले आफुलाई ज्यादै नै प्रभावितबनाएको बताए । यसै फिल्ममार्फत डेब्यु गर्न लागेकानवकलाकार अखिलेसले आफुले सक्दो मेहनत गरेको प्रस्ट्याए । चाइल्ड स्टार अनुभवले नाई नभन्नु ल सिरिज भन्दाबाहिर रहेर कामगर्दा छुटै अनुभवभएको बताए । ’यसले मायाप्राप्तिको कथालाई देखाउछ’ उनले भने । ट्रेलर रिलिजमाकार्यकारी निर्मात्रीकविता रेग्मीले फिल्मविना सम्झौतातयार परिएको बताइन । फिल्ममाकविराजगहतराजको नृत्य , उदयराज सोताङ्ग, राजनराजसिवाकोटी, बसन्त सापकोटा र प्रविनपौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमाविशालचाम्लिङ निर्माता छन् ।


आर्यन सिग्देल(फिल्मले मायाकै कथा भन्छ र मेरो क्यारेक्टर प्रेमी नै हो तर प्रस्तुतीकरणका हिसाबले यो फरक छ । फिल्मे पारिवारिक कथा त भन्छ नै साथै नेपालको सुन्दरतालाई पनि देखाउछ । हामीले पोखराबाट फिल्मखिच्दै सिक्किमसम्मपुगेका छौ , जस क्रममा धेरै शुटिंग गर्यौ । फ्यामिली ड्रामा र लभ स्टोरी रुचाउनेदर्शकलाई यसले निराशबनाउदैन ।

स्वस्तिमा खड्का( यो फिल्ममा मैले निर्वाह गरेको भूमिका त सामान्य नै छ त यसले मन छुन्छ । नेशनल अवार्ड विनरले खेलेको फिल्मभन्न सुहाउछ । यसमा मैले चुलबुले क्यारेक्टर नै गरेको छु , जुन ट्रेलरमा नै देखिएको छ । फिल्मले परिवार र मायाको महत्वलाई बुझाउछ नै । ट्रेलर मन परेकादर्शकलाई फिल्मले निराशबनाउदैन ।
सामिप्यराजतिमिल्सेना(हामीले एउटा पूर्ण रुपमापारिवारिक प्रेम कथामाआधारित फिल्मबनाउभनेर थालेकाथियौ । कथामासिर्जित क्यारेक्टर अनुसारकै कास्ट गरेका छौ । फिल्म हेरिरहदा परिवारसँग अप्ठेरो मान्नु त पर्दैन नै कहिँकतै तपाइँलाई मायाको आभाष गराउछ ।

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg