गृहपृष्ठ » इटहरी अपडेट » इटहरी बजार बिहिबार नै बन्द हुने

इटहरी बजार बिहिबार नै बन्द हुने

 Posted by Itahari Fm | error | १५४ पटक

बिहीबार बन्द हुदै आएको इटहरी बजार केही समय बिहिबार नै बन्द हुने भएको छ । गत असार १४ गते भएको निर्बाचनका क्रममा शनीबार बन्द गर्ने पक्षमा स्पष्ट बहुमत आए पनि हाललाइ बिहीबारनै बन्द कायम रहने भएको हो ।
उद्योग बाणज्यि संघ इटहरीको आज शनीबार सम्पन्न बैठक पछि महासचिब पिताम्बर पोख्रेलले बिज्ञप्ती जारी गर्दै हाललाइ बिहीबारकै बन्द यथाबत रहने जनाएका छन् । महासचिब पोख्रेलद्वारा जारी बिज्ञप्तीमा महत्वपुर्ण चाड पर्ब नजीकीएको र पर्बको बेला सातै दिन बजार खोल्ने परम्परा रहेकाले यी महत्वपुर्ण पर्ब पछि शनीबार बजार बन्द गरीने उल्लेख छ ।
बिज्ञप्तीमा जनमतको उच्च सम्मान गर्दै तीज, दशै, तिहार र छठ पर्ब पछि साप्ताहीक बजार बन्द शनीबार नै गराउने लेखीएको छ ।
आजै उद्योग बाणीज्य संघले अर्को पनि बिज्ञप्ती निकालेको छ । अध्यक्ष भिम पौडेलले हस्ताक्षर गरेको बिज्ञप्तीमा सरकारले ल्याएको अब्यबहारीक कर नीतीको बिरोध गरिएको छ ।
बिज्ञप्तीमा ज्याला भुक्तानीमा अनीबार्य पान लागु र VCTS प्रणाली ब्यबहारीक नभएको भन्दै संसोधनको माग गरिएको छ । यसैगरि आधारभुत खाद्य बस्तुहरुमा लगाइएको मुल्य अभिबृदी कर र रु एक हजार भन्दा माथीको खरिदमा पान नं आवस्यक हुने कुरा ब्यबहारीक नभएको भन्दै खारेजीको माग गरिएको छ ।
बिज्ञप्तीमा बैंक ब्याजदर अधिकतम ९ प्रतिसत कायम गर्न माग गरिएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg