गृहपृष्ठ » चर्चाका चार » जेठ महिनाका चर्चितहरु

जेठ महिनाका चर्चितहरु

 Posted by Itahari Fm | error | ७६ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएर चर्चामा आएका चर्चित मध्येका चार व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिन्छ । विभिन्न सञ्चार मध्यममा आएका समाचार, विश्लेषण अनि सार्वजनिक स्थल, कार्यक्रममा हुने छलफल तथा बहसका आधारमा इटहरी एफ.एमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।यो महिना पनि विभिन्न घटना तथा परिघटनाहरु चर्चामा आए । ति घटनाहरुमा विभिन्न व्यक्तिहरु जोडिएर चर्चित भएर बजारमा छाए ।  जेठ महिनाभर  चर्चामा आएका विषय मध्येबाट बढि चर्चामा आएका व्यक्तिहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

प्रितम आचार्य


इटहरी निवासी प्रितम आचार्य देशमा मात्रै नभएर विदेशमा चर्चामा छन् । बाल गायक प्रितमको गायकी जादुमय आवाजले सबैलाई मन्त्रमुग्ध बनाएको छ । भारतीय टेलिभिजनको गायन रियालिटी सो सारेगमप लिटिल च्याम्समा उनी सहभागी भएसँगै चर्चामा थिए । जव उनले सारेगमको मञ्च प्रस्तुती दिए । उनले आफ्नो गायकीको जादु देखाए । उनले पहिलो प्रस्तुतीमा ‘सन्देशे आती हे, हमे तड्पाती हे’ गीत गाएर जजहरुको मन जिते । ‘बोर्डर’ फिल्मको यो गीत बलिवुडमै आईकोनिक छ । उनको गायकी देखेर जजहरु मन्त्रमुग्ध भएका थिए । जर्जले बोकेर सम्मान व्यक्त गरे । गायक सानले उनलाई मेलड लगाईदिए । यहाँबाट सुरु भएको प्रितमको रियालिटी सो को यात्रा कहिल्यै तल झरेन । उनलाई धेरै पटक जजहरुले स्टेजमा बोके, सम्मान स्वरुप नेपाली टोली लगाईदिए ।
सोमा आउने प्राय सवैजसो बलिउडका हस्तीहरुले उनको गायनको प्रशंसा गरे । उनलाई जजहरुले बोके, माया गरे, सेल्फी खिचे । उनले त्यहाँ नयाँ नाम पनि पाए, छोटे उदित । उनको चर्चा उदितनारायण झासँग गरिन्थ्यो । प्रितमले पनि उदितका गीतहरु धेरै गाए र आफ्नो कला पनि देखाए । एक पछि अर्को गर्दै खुड्कीला पार गर्दै प्रितम फाईनल राउण्ड सम्म पुगे । यहाँ सम्म आईपुग्दा प्रितमले मन जितिसकेका थिए । उनी नेपालमा मात्रै नभएर भारतमा पनि हाईहाई भईसकेका छन् । उनको प्रतिभाको कदर सवैतिर भएको छ । फाईनलमा भलै उनी प्रथम भएनन तर त्यो भन्दा ठुलो उपलब्धी पाए सवैको मन जितेर । उनले प्रथम पुरस्कार जितेनन तर त्यो भन्दा ठुलो सम्मान पाए । सेकेण्ड रनरअप भएर उनी नेपाल प्रवेश गर्दै गर्दा ठुलो जमातले उनलाई सम्मान अर्पण गर्यो । इटहरी सहित पूर्वका विभिन्न शहरकाबाट उनको सम्मानमा मानिसहरु सिमा सम्मै लिन पुगे । उनको गायकीमा नतमस्तक भए । उनलाई अहिले विभिन्न ठाउँमा सम्मान गर्ने क्रम सुरु भएको छ । इटहरी उपमहनगरापलिकाले उनलाई बाल सद्भावना दुत घोषित गरेको छ । विभिन्न संघसंस्थाहरुले उनलाई सम्मान गरिरहेका छन् ।
आफु भित्रको कलालाई बाहिर उजागर गर्दा मात्रै सफलता पाईन्छ भन्ने कुरा प्रितमले देखाईसकेका छन् । उनी अहिले सबैका लागि प्रेरणाका स्रोत बनेका छन् ।।

भिम पौडेल


उद्योग वाणिज्य संघ इटहरीको असार १४ गते हुने चुनावलाई दिएर व्यापारीहरु प्रतिस्पर्धामा छन् । चुनावी प्रतिस्पर्धामा अध्यक्ष पदका उम्मेद्वार भिम पौडेल अहिले चर्चामा छन् । व्यवसायीक क्षेत्रमा एउटा छुट्टै नाम स्थापित गर्न सफल व्यवासायी हुन भिम पौडेल । पौडेलले उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेद्वारी दिएपछि इटहरीमा अहिले व्यावसायी तरंगित छन् । चुुनावी सरगर्मी यसरी बढेको छ, कि चर्को घामले भन्दा पनि चुनावी रापले बढि पोलेको छ व्यवसायीलाई ।
नेपाली काँग्रेसको समर्थन लिएर चुनावी होमिएका पौडेल जसरी पनि जित्ने दाउमा अघि बढेको बजारमा चर्चा छ । अघिल्ला चुनावमा भन्दा नेपाली काँग्रेस पाटिले पनि यस पटक उनलाई जिताउन जोड बल लिएको छ । काँग्रेसीहरु एक भएको बजारमा चर्चा छ । गुमेको साख फर्काउने दाउमा काँग्रेस लागेको चर्चाहरु सुनिएका छन् ।
इटहरीका पुराना व्यवसायी भएकाले पौडेलले पुराना व्यवसायीको मत पाउने कतिपयको तर्क छ । अर्को तर्फ नयाँ खुलेको सदस्यतामा पनि पौडेल समुहको राम्रो संख्या रहेका कारण जित्ने सम्भावना उच्च रहेको बजारका चिया चौतारीमा चर्चा हुने गरेको छ ।
पौडेल अव इटहरीका लागि केही गर्ने इच्छा छ भन्दै व्यवसायीसँग मत मागिरहेका छन् । उनको समुहको चुनावी प्रचार अभियान निकै आक्रमक रहेको देखिन्छ । विशेष गरी डिजिटल मिडियाको निकै राम्रो प्रयोग देखिन्छ । निकै तामझाम गर्दै उम्मेद्वारी घोषण गरेर पौडेलले आफ्नो प्रभाव देखाएका थिए । उनको छुट्टै बायोपीक नै तयार गरी उनले व्यवसायीसँग भोट मागेका थिए । यस पटक नयाँ प्रयोग भएको देखिन्छ ।
पौडेलले मुख्य १० प्राथमिकता भनेर आफ्ना व्यवसायीक एजेण्डा नै सार्वजनिक गरेका छन् । जसमा ५लाख सम्मको विमा, प्रर्दशनी स्थल, औद्योगिक क्षेत्र, जव फेयर, ट्रेड फेयर, कर तथा घर बहाल करको व्यवस्थापन मुख्य एजेण्डा रहेका छन् ।
निकै आक्रमक शैलीमा चुनावी प्रतिस्पर्धामा होमिएका भिम पौडेलले जित्ने हुन वा होईनन त्यो हेर्न असार १४ गते पछि सम्म पर्खनै पर्छ ।
शैलेस विष्ट


उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष पदका शसक्त उम्मेद्वार हुन शैलेस विष्ट । अघिल्ला चुनाव सम्म निकै राम्रो मत ल्याएर जित निकाल्दै आएका शैलेस यस पटक अध्यक्ष पदमा लडदै छन् । हुन त उनी हालको कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुन । त्यो भन्दा पनि उनी कार्यबाहक अध्यक्ष हुन । उनी नै कार्याकारी भएर झण्डै ३ बर्ष उद्योग वाणिज्य संघ चलाएका हुन । यस पटक अध्यक्ष पदमा विष्ट पनि निकै तामझाम सहित चुनावी मोर्चामा होमिएका छन् ।
पौडेल समुहले बन्द कोठामा भव्य घोषणा सभा गरेको थियो । तर विष्टले एक कदम अघि बढ्दै खुल्ला सडकमै ठुलो सभा नै गरेर उम्मेद्वारी घोषणा गरे । उनले कुनै पाटिको आम सभा झै गरेर उम्मेद्वारी घोषणा गर्दै आफ्नो प्रभाव देखाए । विष्ट जसरी भए पनि चुनाव जित्ने दाउमा लागिपरेका छन् ।
उनलाई पनि पाटि नेकपाले पुरै साथ दिएको छ । लाल किल्ला कायम राख्ने भन्दै नेकपा पाटि भित्र भित्रै लागि परेको छ । अघिल्लो चुनावमा लिलम बस्नेतले डेमोक्रेट सत्ता भत्काएर लाल झण्डा गाडेको चर्चा चलेको थियो । अहिले पनि सामाजिक सञ्जालमा लाल टिम भन्दै प्रचार हुने गरेको छ । तर विष्टको प्रतिवद्दता पत्रमा भने राजनितिक छायामुक्त व्यावसायिक संगठन बनाउने भन्ने एजेण्डा लेखिएको छ । जुन आफैमा हास्यास्पद जस्तो देखिन्छ । बोली र व्यवहार एकै नभएको बजारमा चर्चा छ ।
जे होस् विष्ट चुनावमा खरो उत्रिएका छन् । आफ्नो प्रतिवद्दता पत्रमा आफुले गरेको सफल काम भनेर १३ बुदा राखिएको छ । भवन निर्माण सम्पन्न गरेको, घर बहाल कर घरधनीलाई नै तिर्ने व्यवस्था लागु गरिएको लगायतका सफल काममा राखिएका छन् ।
उनले १९ उम्मेद्वारका १९ प्रतिवद्दता भनेर चुनाव जिते पछि गर्ने कामको एजेण्डा राखेका छन् । जसमा १० लाखको निःशुल्क विमा, औद्योगिक ग्राम, रात्रीकालिन बजार सुरु गर्ने जस्ता एजेण्डा छन् ।
लगातार ३ पटक सम्म धेरै मत ल्याएर जितेका शैलेषले यस पटक पनि जित्ने धेरैको दावी छ । कार्यकारी भएर पनि काम गरी सकेको भन्दै व्यवसायीले मत दिने कतिपयको तर्क छ । सम्भावना बोकेको युवालाई नै अघि बढाउनुपर्छ भन्नेहरुको जमात पनि ठुलो छ । शैलेस विष्टले चुनाव जित्ने हुन वा होईनन् त्यो हेर्न भने असार १४ पछि सम्म पर्खनै पर्छ ।
द्वारिकलाल चौधरी


द्वारिकलाल चौधरी अहिलेको हट केक जस्तो भएर चर्चामा छन् । इटहरीमा मात्रै नभएर उनी देश तथा विदेश सम्म चर्चीत भईसकेका छन् । हुन त उनी अघिल्ला दिनहरुमा पनि चर्चामा आउने व्यक्ति नै हुन । तर यस पटकको चर्चा निकै कडा छ । आफ्नै पार्टिका नेता रामप्रसाद चौलागाईलाई सार्वजनिक ठाउँमा कुटेपछि सुरु भएको मेयरको उदण्डता कर्मचारी निकाल्ने, कुटपिट गर्ने सम्म भयो । उनी त्यतिमा मात्रै रोकिएनन् । समाचार संकलन गर्न पुगेका पत्रकारलाई कठालो समात्ने, लोपार्ने सम्म गरे । तथानाम बोल्ने उनले टेलिभिजनको लाईभ कार्यक्रममा पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्न एक करोड छुट्याएको छु भन्दै अभिव्यक्ति दिए । पत्रकार र पत्रकारीतालाई गालि गरे । उनको अभिव्यक्ति र पत्रकारको सुरक्षालाई लिएर चिन्तित बनेको पत्रकार महासंघ सुनसरी आन्दोलित बन्यो ।
मेयर र पत्रकार अनुपम वीच फेसबुक र मोबाईलमा जुहारी नै चल्यो ।तथानाम गाली एकले अर्कालाई भयो । झन् आगोमा ध्यू थपियो । फेसबुकले यो प्रकरणमा उकास्ने काम मात्रै गर्यो । फेसबुक मार्फत अभिव्यक्ति दिनेले दुवैलाई गाली र तालि दिए । मेयरले गालीलाई भन्दा तालिलाई रुचाए । हावामा तैरीदै भष्ट्राचार विरुद्ध अभियान भन्दै सडक सडकमा भाषण गर्न थालेका छन् ।
भष्ट्रचार देख्ने मेयरले कर्मचारीलाई कारबाही गर्नुपर्छ । सडकमा कराएर भष्ट्राचार नियन्त्रण होला ? मेयरले सोच्ने कुरा छ । गल्ति गर्नेलाई प्रकृया पुर्याएर कारबाही गरे भैगयो नी किन सडकमा कुर्लनु । राम्रो काम गर्दा पत्रकारले साथ दिएकै छन्, दिने नै छन् । एक दुई जनाका पछि किन लाग्नु ।
मेयरको यो प्रवृत्ति देखेर इटहरीबासी अचम्मीत छन् । के सहि के गलत छुट्याउन सकि रहेका छैनन् । यहि मौकामा स्वार्थी समुहले धमिलो पानीमा माछा मारिरहेको छ । पत्रकार र मेयर वीच द्धन्द्ध बढाउने काम भईरहेको छ । एक दुई जना पत्रकारलाई लिएर समग्र पत्रकार र पत्रकारितालाई गाली गर्नु मेयरको मुर्खता र उदण्डता भन्दा केही होईन् । मेयर द्वारिकलाल र पत्रकार विराट अनुपम दुवै फेसबुकमा आवश्यकता भन्दा बढि उत्तेजित भएको भन्दै दुवैलाई मथ्थर हुन पत्रकारको मिसन टोलीले सुझाव नै दियो ।
तर घटना साम्य हुन सकेको छैन । मेयरको कार्यशैलीले समग्र इटहरी र इटहरीबासीको साख गिरेको छ । यी सवै काण्डहरुमा मेयर चर्चाको शिखरमा छन् । तर सकारात्मक हैन नकरात्मक शैली बढि छ । यस्तै शैलीले मेयर अगाडि जाने हो भने आफु त चर्चित बन्लान तर इटहरीबासी लज्जित बन्नुपर्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg