गृहपृष्ठ » News, इटहरी अपडेट » शैक्षिक हव : इटहरी, विदेश जाने विद्यार्थीको पढाई अव इटहरीमै

शैक्षिक हव : इटहरी, विदेश जाने विद्यार्थीको पढाई अव इटहरीमै

 Posted by Itahari Fm | error | १४० पटक

इटहरी व्यापारीहरुको शहर मात्रै होईन, यो अध्ययन र अध्यापन हुने शैक्षिक संस्थाहरुको हव पनि हो । पछिल्ला बर्षमा नयाँ थप भएका शैक्षिक संस्थाहरु, विद्यमान शैक्षिक संस्थाहरुले नयाँ नयाँ प्रोग्राम ल्याउँदै थप गरेको शैक्षिक लगानीले पनि यो कुरालाई पुष्टि गर्छ । त्यसमा पनि पूर्वका विभिन्न ठाउँबाट इटहरीका कलेजमा अध्ययन गर्न आउने विद्यार्थीको आकर्षण र संख्याले यो कुरालाई अझ बढि पुष्टि गर्छ ।
पूर्वका दुई ठुला शहर विराटनगर र धरानलाई पछि पार्दै इटहरीमा शैक्षिक संस्था र लगानी थप हुँदै गएको छ । विद्यार्थीहरु पढ्नका लागि इटहरी आउने क्रम तिव्र बढेको छ । पहिले पहिले यहाँका विद्यार्थी पढ्न अन्यत्र जाने गर्दथे तर अहिले समय बदिलिएको छ । बाहिरबाट विद्यार्थीहरु पढ्नका लागि इटहरी आउने गरेका छन् ।
इटहरीमा एक से एक कलेजहरु खुलेका छन् । विद्यमान कलेजहरुले पनि शैक्षिक प्रोग्रामको भेराईटी दिएका छन् । हिजोको जस्तो पढे पढ, नपढे पनि त्यहि विषय पढ भन्नुपर्ने अवस्था छैन । विद्यार्थीहरुले चाहेको र रोजेको विषयमा अध्ययन गर्न सक्छन् । आफुले रोजेको विषय पढ्नकै लागि इटहरी बाहिर काठमाण्डौँ जानुपर्ने अवस्था छैन अहिले । विद्यार्थीहरुले रोजेको विषय रोजेको कलेजमा पढ्न सक्छन् ।
राष्ट्रिय स्तरमै असल छवि बनाएका व्यक्तिहरुले सञ्चालन गरेका कारण पनि यहाँका कलेजहरुमा विद्यार्थीहरु ढुक्कले अध्ययन गर्न सक्छन् । विद्यार्थीहरुको रोजाई इटहरी बन्दै गएसँगै इटहरीमा रहेका कलेजहरुले आफ्ना शैक्षिक कार्यक्रम, सेवा सुविधाहरु थप गरेका छन् ।
को भन्दा को कम भन्दै गुणस्तरीय शिक्षा दिईरहेका इटहरीका कलेज छान्न अव विद्यार्थीलाई पनि सोच्नुपर्ने अवस्था आएको छ । स्वच्छ प्रतिस्र्धामा उत्रिएका इटहरीका कलेजहरुले पनि विद्यार्थीलाई आकर्षण गर्न उनीहरुको रोजाई अनुसारका शैक्षिक कार्यक्रम ल्याएर आकर्षीत गरिरहेका छन् ।
हिजोको जस्तो विज्ञान, व्यवास्थापन मात्रै नभएर अहिले कलेजमा विषयका भेराईटी छन् । विद्यार्थी प्राविधिक तथा भोकेसनलका शैक्षिक कार्यक्रममा जान सक्छन् । पढाई सकिएसँगै कामको अफर आउने शैक्षिक कार्यक्रम पनि ल्याएको इटहरीका कलेजहरु दावी गर्छन ।
इटहरीमा कस्ता कस्ता कलेजहरु छन् ? उनीहरुले दिने शैक्षिक कार्यक्रम कस्तो छ ? बार्षिक रिजल्टको अवस्था कस्तो छ ? विद्यार्थीले कसरी आफुले खोजेको कलेज रोज्ने ? यी प्रश्नहरुको उत्तर हामीले पनि यहाँ खोज्ने प्रयत्न गरेकाछौँ ।
विश्व आर्दश कलेज


इटहरीका उत्कृष्ठ कलेजहरु मध्येको एक हो, विश्व आर्दश कलेज ।कुनै बेला नीजि स्तरबाट सञ्चालन भएको उत्कृष्ठ कलेजको रुपमा नाम राखेको यो कलेज । अहिले पनि आफ्नो नेम र फेम उस्तै कायम राख्न सफल छ । गुणस्तरीय शिक्षा र राम्रो नतिजाले यो कलेज विद्यार्थीहरुको आकर्षणमा पर्ने गरेको छ ।
कलेजले स्थापनाकालबाट नै प्लस टुमा विज्ञान, व्यवस्थापन विषयमा अध्यापन गराउँदै आएको छ । राम्रो नतिजाको कारण विज्ञान विषय पढ्न धेरै विद्यार्थीहरुको चाप हुने गरेको कलेजले जनकारी दिएको छ । विज्ञान विषयमा पढ्नका लागि विद्यार्थीहरु इटहरी बाहिरबाट पनि आउने गरेको कलेजले जनाएको छ । उत्कृष्ठ पटन पाठन, उत्कृष्ठ नतिजा, विश्व आर्दश कलेजको मौलिक विशेषता भन्ने उसले नारा नै बनाएको छ ।
प्लस टुमा विज्ञान तथा व्यवास्थापन विषयमा पढाई हुँदै आएको यो कलेजले व्यवस्थापन विषयमै होटल म्यानेजमेन्ट विषय पनि थप गरेको छ । विद्यार्थीको आकर्षण तथा माग भएका कारण विषय थप गरिएको कलेजका गणेश दुलालले जानकारी दिनुभयो ।
व्याचलरमा वि.वि.एस अध्यापन गराउँदै आउको कलेजले अघिल्लो बर्ष देखी नयाँ विषय थप गरेको छ । अघिल्लो बर्ष देखी कलेजले वि.सि.ए मा ३५ जनाको कोटामा कक्षा सञ्चालन गरिरहेको छ । मास्र्टसमा भने एम.वि.एसका कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।
राम्रो शैक्षिक नतिजा र असल शैक्षिक वातावरणले यो कलेज प्रति विद्यार्थीको आकर्षण बढेको देखिन्छ ।

कोशी कलेज

स्थापनाको छोटो समयमा उत्कृष्ठ नतिजा निकाल्दै आफुलाई अब्बल देखाउन सक्ने कलेजमा इटहरीको कोशी कलेज पर्छ । २०६२ सालाबाट प्ल टु अध्यापन सुरु गरेको यो कलेजले छोटो समयमै उत्साहजनक ढंगबाट आफुलाई विकास गर्दै र त्यहि अनुसारको नतिजा निकाल्न कलेज सफल पनि भएको छ । यहाँको शैक्षिक वातावरणको चर्चा इटहरी वृत्तमा मात्रै नभएर पूर्वमै हुने गरेको छ । अध्ययनसँगसँगै आफु भित्रको प्रतिभालाई पनि बाहिर उजागर गर्न चाहने विद्यार्थीहरुको लागि पहिलो रोजाईमा पर्ने गरेको छ यो कलेज । दक्ष र अनुभवी शिक्षक शिक्षाकाले अध्यापन गराउने यो कलेज अन्र्तराष्ट्रिय स्तरमा परिचित कवि मनुमञ्जिलले पढाउने कलेज भनेर पनि चर्चामा रहने गरेकोछ ।
प्लस टुमा विज्ञान तथा व्यवास्थापन विषयका कक्षा सञ्चालन गर्दै आएको यो कलेजले होटल म्यानेजमेन्टको कक्षा पनि सुरु गरेकोछ । व्यवस्थापन अन्र्तगत होटल म्यानेजमेन्टका कक्षाहरु विद्यार्थीहरुले लिन सक्छन् ।
व्याचलरमा भने वि.वि.एस, वि.सि.ए. र वि. एड का कक्षाहरु सञ्चालन हुँदै आएको छ । कलेजको नतिजा राम्रो पक्षमा पर्छ । व्यवस्थापनमा २ पटक, एजुकेशनमा १ पटक पूर्वाञ्चल टप साथै विज्ञान तर्फ पनि १ पटक प्रदेश १ उत्कृष्ठ भएको कलेजका प्रिन्सिपल अनन्त कुमार सुवेदीले जानकारी दिनुभयो । राम्रो नतिजासँगै खुल्ला शैक्षिक वातावरणका कारण विद्यार्थी कलेज तर्फ आकर्षीत भएका छन् ।
शुष्मा इन्जिनियरिङ कलेज


सैद्धान्तिक तथा घोकन्ते शिक्षा मात्रै होईन, प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीहरुका लागि शुष्मा इन्जिनियरिङ कलेज रोजाईको कलेज हो । पूर्वमै उत्कृष्ठ इन्जिनियरङ पढाई हुने कलेजको रुपमा यो कलेजले आफ्नो छवि स्थापित गरेको छ । यहाँ सिटिईभिटीबाट मान्यता प्राप्त सिभिल र कम्प्युटर शिक्षामा डिप्लोमा तहको पढाई हुँदै आएको छ । यहाँबाट उत्पादन भएका विद्यार्थी नै अहिले पूर्वका विभिन्न शहरका नगरपालिका तथा गाउँपालिकामा कार्यारत रहका छन् । इटहरी उपमहानगरपालिका, विराटनगर महानगरपालिका सहित अन्य नगर तथा गाउँपालिकामा यहि कलेजका विद्यार्थीले सेवा दिईरहेको कलेजमा प्राचार्य बोधराज नेपालले जानकारी दिनुभयो ।
योसँगै अन्य विषयमा पनि यो कलेज अब्बल रहँदै आएको छ । प्लस टुमा विज्ञान तथा व्यवस्थापनको पढाई हुँदै आएको छ । विद्यार्थीहरुले विज्ञान तर्फ कम्प्युटर र व्यवस्थापनमा होटल म्यानेजमेन्ट विषय राजेर पढ्न सक्छन् । कलेज विद्यार्थीको आकर्षण तथा माग रहेको नयाँ विषय ट्राभल एण्ड टुरिजम पनि थप गरेको । व्यवस्थापन विषय भित्रै यो विषय रोजेर अध्ययन गर्न सकिनेछ ।
व्याचलर तर्फ भने वि.वि.एस र वि.एसस्सी. सि.एस. आई. टिको कक्षा पनि सञ्चालन हुँदै आएको छ ।
कलेजले अध्यापनको शैलीमा व्यापक परिवर्तन गर्दै गएको प्राचार्य बोधराज नेपालले जानकारी दिनुभयो । टिचिङ मेथोडोलोजिमा परिर्वतन गरिएको र त्यसको नतिजा आगामी बर्ष देखी देखिने उहाँले बताउनुभयो । योसँगै ईभेन्ट म्यानेजमेन्टलाई पनि प्राथमिकता दिएको छ । विभिन्न क्लवहरु बनाएर विद्यार्थीलाई अभ्यस्त गराउने काम भएको उहाँले जानकारी दिनुभयो ।
प्राविधिक विषय पढ्न चाहने र केही गरौँ भन्न चाहने विद्यार्थीले यो कलेज रोज्न सक्छन् ।
नमुना कलेज


स्थापनाको छोटो समयमै नमुना कलेज विद्यार्थीहरुको रोजाईमा पर्न सफल कलेज हो नमुना कलेज । नयाँ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्दै यो कलेज पनि विद्यार्थीलाई आकर्षीत गरेको छ । आफुले रोजेको विषय पढेन पाईने भएकाले पनि विद्यार्थीहरु यो कलेज तर्फ आकर्षण भएका छन् ।
कलेजले प्लस टुमा विज्ञान,व्यवस्थापन र एजुकेशन विषयमा कक्षा सञ्चालन गर्दै आएको छ । विज्ञान विषयमा कम्प्युटर र व्यवस्थापनमा होटल म्यानेजमेन्टका विषय विद्यार्थीले रोजेर पढ्न सक्छन् ।
यस्तै व्याचलरमा वि.एस. डब्लु, वि.वि.ए. पढाई हुँदै आएको कलेजले नयाँ विषय थप गरेको छ । वि.एच .एम, वि.सि.ए र वि.वि.एस विषय थप गरिएको कलेजका प्रचार्य धर्म न्यौपानले जानकारी दिनुभयो ।
यो कलजेका कतिपय कोर्षहरु विद्यार्थीहरुको रोजाईका विषयमा पर्छन् । इटहरीका अन्य कलेजहरुमा सञ्चालन नभएका कारण पनि यस प्रति विद्यार्थीहरु आकर्षीत भएका छन् । पूर्वमा पनि वि.एस. डब्लु कोर्षमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । यो कोर्ष गरेका विद्यार्थीहरु अहिले फिल्डवर्क गर्नका लागि इटहरी सहित सुनसरी जिल्लाका विभिन्न सरकारी, बैंक तथा वित्तिय संस्थाहरुमा जाने गरेका छन् ।वि.एस डब्लुका बढि प्राक्टिकल विषयमा विद्यार्थीले रुचि देखाउने गरेका छन् ।
कस्तुरी कलेज


व्यवस्थापनका क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीहरुको पहिलो रोजाईको कलेज हो कस्तुरी कलेज । यो कलेजमा व्यवस्थापनका कक्षाहरु मात्रै सञ्चालन हुँदै आएका छन् । इटहरीका कलेजहरु मध्ये एउटै विषयलाई प्राथमिकता दिएर अब्बल सावित भएको एक मात्र कलेज हो, कस्तुरी कलेज ।
कस्तुरी कलेजबाट उत्पादन भएका उत्कृष्ठ विद्यार्थीहरु इटहरीकै धेरै बैंक तथा वित्तिय संस्थामा काम गरिरहेका छन् । पढाई सम्पन्न पछि उनीहरु वित्तिय संस्थामा सहज रुपमा स्थापित हुन सफल भएका छन् । व्यवस्थापन क्षेत्रमा ख्याति कमाएका तथा दक्ष शिक्षक, बैंक वित्तिय संस्थामा काम गर्दै आएका अनुभवी शिक्षकहरुले पढाउँदै आएका छन् ।
यो कलेजमा व्यवस्थपन विषय पढ्न चाहने विद्यार्थीको ठुलो भिड नै लाग्ने गरेको छ । कलेज व्यवस्थापनमा प्लस टु, वि.वि.ए र एम.वि.एस सम्मको पढाई सञ्चालन हुँदै आएको छ । पूर्वमा नै राम्रो छाप छोड्न सफल बनेको छ यो कलेजमा व्याचलरमा वि.वि.ए कोर्षका लागि धेरै विद्यार्थीहरु यस तर्फ आकर्षीत बन्ने गरेका छन् ।
जनता बहुमुखी क्याम्पस 


इटहरी र आसपासका पहाडी जिल्लाबाट आएका विद्यार्थीहरुको अध्ययन गर्ने शिक्षण संस्था हो जनता बहुमुखी क्याम्पस । नीजि कलेज भन्दा पब्लिक कलेजमा अध्ययन गर्न चाहने, स्वअध्ययन गर्न चाहने विद्यार्थीहरुको रोजाईको कलेज हो जनता बहुमुखी क्याम्पस । यसको मुख्य पाटो आर्थिक हिसाबले मध्यमस्तर भएका विद्यार्थीहरु यस तर्फ आकर्षीत हुने गरेका छन् । तर पछिल्लो समय आर्थिक स्तर राम्रो भएका विद्यार्थीहरु पनि राम्रो मान्यता पाउने भएकाले यस क्याम्पस तर्फ आकर्षित भएका छन् । अझ भर्खरै क्याम्पसले क्युएए मान्यता प्राप्त गरेपछि त यो क्याम्पसमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या तिव्र बढेको छ । विदेश जान चाहने विद्यार्थीहरु यस तर्फ आकर्षित भएको देखिन्छ ।
पूर्वका पब्लिक क्याम्पसहरु मध्येमा यो क्याम्पसको शैक्षिक विकास राम्रो देखिन्छ । कुनै समय राजनितिको छायाँले छोपेको यो क्याम्पस अहिले भने उज्यालिएको छ । पढाई राम्रो हुन थालेपछि विद्यार्थी नतिजा पनि राम्रो देखिन थालेको छ । यहाँ पनि प्लस टुमा विज्ञान,व्यवस्थापन, एजुकेशनका कक्षाहरु सञ्चालन हुने गरेको छ । क्याम्पसले नयाँ नयाँ विषय भित्राउने तयारी पनि गरेको छ । नयाँ विषय आएपछि अझ विद्यार्थीको आकर्षण हुने निश्चित छ ।
समग्रमा इटहरीमा आफ्नो छुट्ै पहिचान र विशेषता भएका कलेजहरु रहेका छन् । यी कलेजहरुले ठुलो संख्यामा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् । यी देखी बाहेकका अन्य धेरै मा.विहरुले पनि गुणस्तीय शिक्षा प्रदान गर्दै आएका छन् ।
इटहरीमा गन्तिमा आउने उच्च मा.विहरुमा
पिसजोन उच्च मा.वि
पाथीभरा उच्च मा.वि.
सि.बी कलेज,
जनसहयोग उच्च मा.वि
नर्थ पोईन्ट उच्च मा.वि
लगायतका रहेका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg