गृहपृष्ठ » इटहरी अपडेट, खेल/मनोरन्जन » इटहरी उपमहानगरले प्रितम आर्चायलाई वाल सदभावना दुत घोषणा, प्रितमकै आवाजमा नगर गीत वनाउने

इटहरी उपमहानगरले प्रितम आर्चायलाई वाल सदभावना दुत घोषणा, प्रितमकै आवाजमा नगर गीत वनाउने

 Posted by Itahari Fm | error | ९७ पटक

इटहरी, इटहरी उपमहानगरले चर्चित वाल गायक प्रितम आर्चायलाई वाल सदभावना दुत घोषणा गरेको छ । आज एक कार्यक्रमका विच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले वालसदभावना दुत घोषणा गरिएको पत्र प्रदान गर्नुभयो । प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गर्नुभयो । कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिनुभयो ।

 

उहाँले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत वनाउने तयारी भइरहेको वताउनुभयो ।प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले प्रितमको प्रगतिको कामना गर्नुभयो । वालगायक प्रितम आर्चायले आफू यो अवस्था सम्म आइपुग्न इटहरी उपमहानगरले पुरयाएको सर्पोट र माया प्रति धन्यवाद दिनुभयो ।

 

सयअघि भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले नेपाली झण्डा प्रदान र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर विदाई गर्नुभएको थियो ।

 

 

 

 

 

प्रितम आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा तेश्रो भएर हिजो इटहरी फर्किएका हुन । प्रितमले वालसदभावना दुत घोषणा कार्यक्रममा देशले रगतमागे मलाईवलि चढाउ वोलको चर्चित गीत गाए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg