गृहपृष्ठ » इटहरी अपडेट » इटहरीमा खुल्यो इस्टर्न प्यालेस

इटहरीमा खुल्यो इस्टर्न प्यालेस

 Posted by Itahari Fm | error | ४५२ पटक

इटहरीमा अर्को सुविधा सम्पन्न होटल थपिएको छ । इस्टर्न प्यालेस नामको होटल सञ्चालनमा आएको हो । बैदेशिक रोजगार बाट फर्कीएका दुर्गा थापाले इटहरी ४ शान्ति चौकमा होटल खोलेका हुन् । शनिवार भब्य कार्यक्रमका बिच संघीय सांसद योगेश भट्टराईले होटलको उद्घाटन गरेका छन् । होटलको चारतले भवनमा १२ वटा सुबिधा सम्पन्न कोठा छन् ।
होटल शान्त ठाउँमा रहेकोले इटहरी आउने आगन्तुकहरुको लागि आकर्षणको रुपमा रहने विश्वास थापाले व्यक्त गरेका छन् । ग्राहकको चाहना अनुसारका परिकारहरु बनाउने र ग्राहकलाई सन्तुष्ट हुने गरी सेवा दिने बताउँदै थापाले इटहरीका अन्य होटल भन्दा सुविधाजनक र सरल तरिकाले सेवा प्रदान गर्ने बताए । होटल उद्घाटन कार्यक्रममा बोल्दै सांसद योगेश भट्टराईले प्रदेश नं १ मा पर्यटकीय दृष्टिकोणले ठुलो सम्भावना रहेको बताए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg