गृहपृष्ठ » खेल/मनोरन्जन » मुकुन र सुरबिना भेटिए रोमान्टिक मुडमा ( भिडियो )

मुकुन र सुरबिना भेटिए रोमान्टिक मुडमा ( भिडियो )

 Posted by Itahari Fm | error | ३२ पटक

 

 

हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर , सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिरहेका छ्न। कला र संगीतमा फरकपन र नयाँ  एक्सपेरिमेन्ट गर्न रुचाउने आजको पुस्ताले गर्दा गीत गायन देखि भिडियो मेकिङ्गमा निकै परिवर्तन आएको  छ  । गीतहरु थिममा बन्न थालेका छन् भने गीतमा कथा भन्न खोज्ने शैलीले गर्दा भिडियो ५ मिनेटको सिनेमा हेरे जस्तै लाग्छ ।


 फिल्म / नाटक / साहित्यमा ” स्टोरी टेलिङ्ग ” सुन्दा जति सजिलो छ  गर्न त्यति गाह्रो चिज हो।   हालै रिलिज भएको “लुकिछिपी किन मायामा ” बोलको गीतको भिडियोमा हामीले छोडेर आएको पुरानो गाउँले जीवनलाई पुन: जीवित बनाउन खोजिएको छ।   भिडियोमा   लगभग ९० को दशकमा हाम्रो गाउँ घरमा गुज्रिने गरेका जीवन , माया प्रेम , खेलकुद , कृषीकर्म लाई साधारण तवरमा प्रस्तुत गर्नको लागि ठुलो मिहेनत गरेको प्रस्ट देखिन्छ। 



यस गीतमा शब्द , संगीत , स्वर गणेश सेन्चुरीको रहेको छ भने  कोबिद बज्रले  म्युजिक एरेन्जमेन्ट गरेका हुन् । भिडियोमा बुलबुल फिल्मबाट चर्चामा आएका नायक चोपेन्द्र भुषाल उर्फ मुकुन भुषाल साथै नायिका सुरबिना कार्की  मनिष तामाङ र अनु काफ्लेको  अभिनय देख्न सकिन्छ। भिडियोलाई निशल पौडेलले  छायांकन गरेका हुन्  भने , भीम विश्वकर्माले   भिडियो सम्पादन गरेका हुन् । नबिन चौहानको निर्देशन र कन्सेप्टमा भिडियो तयार भएको हो । भिडियोलाई आर्टमान्टु नेपालले निर्माण गरेको हो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg