गृहपृष्ठ » चर्चाका चार » यी हुन इटहरीका समाजसेबी ब्यबसायी

यी हुन इटहरीका समाजसेबी ब्यबसायी

 Posted by Itahari Fm | error | ९८९ पटक

इटहरी मुख्य चोक र आसपासमा बडेमानका ब्यबसायीक भबन थपीदै गएका छन् । यँहा सयौको संख्यामा ब्यापारी छन् । यी सयौ ब्यपारी मध्ये केही लाखपति, केही करोडपति र केही अरबपति छन् । धनमा जो जुन औकातमा भए पनि धनसंगै मन जोडिएका अर्थात ब्यपार संगै सामाजीक काम पनि गरि रहेका ब्यपारी औलामा गन्न सकिने छन् । कमाइको केही भाग सामाजीक काममा लगाउने र सामाजीक कामको अगुवाइ गर्ने ब्यपारी मध्ये पनि अगुवा ब्यपारीमा पर्छन इटहरीका हेम घिमिरे, भीम पौडेल, इश्वर भट्टराइ र दिबस पोख्रेल ।
हेम घिमिरे
मसान घाट अर्थात मरेका मान्छे जलाउने ठाँउ । मसान, भुत भन्ने सुन्दै धेरैको आङ जीरीगं पनि हुन्छ । मसान घाट भने पछि दिमाखमा एउटा डरलाग्दो दृष्य आउछ । हो यस्तै सम्झीदै आगं सिरगं हुने मसान घाट जस्लाइ हेम घिमिरेले सुन्दर सेल्फी खीच्ने धार्मीक स्थल बनाइ दिए ।
इटहरीबाट पुर्ब बुढी खोलामा एउटा कुरुप मसान घाट थीयो । घाट यस्तो कुरुप थियो जहाँ इटहरीका गन्ने मान्ने मान्छे मर्दा जलाउन लान पनि अप्ठारो मानीन्थ्यो । धेरैले बुढी खोलाको त्यो घाट नलगेर चतरा घाट लाने चलन थीयो । अहीले त्यो कुरुप घाट मुक्ती घाट बनेको छ । मरे पछि त्यहा जल्नु त छ नै जीबीत हुदा पनि त्यहा गएर एक छिन बसौ सम्झनाकालागि फोटो खीचौ जस्तो लाग्ने भएको छ । अर्थात भनौ यो मरेका मान्छे जलाउने ठाँउ होइन मरेपछि पुगीने स्वर्गनै यही हो ।
फोहोरको डंगुर त्यो घाटलाइ यो मुक्ती घाट बनाउने कामको अगुवाइ गर्ने इटहरीका ब्यपारी हुन हेम घिमिरे । यो घाट बनाउन हेम घिमिरेले काहा कस्लाइ भनेनन होला ? कुन नेता र मन्त्रीलाइ त्यहा लगेनन् होला ? एक चित्तले गर्न सकीने सबै गरेर नै हेम घिमिरेले करिब १० करोडको लागतमा मुक्तीघाट बनाए । मुक्ती घाटको काम एक चरण सके पछि हेम घिमिरेले सामान्य संरचनाको कृष्ण प्रणामी मन्दीरलाइ आधुनिक र नेपालकै नमुना मन्दीर बनाउने कामको अघुवाइ गरे । यहा पनि करिब १० करोड लगानी जुटाए । अहीले यो मन्दीर र घाट धार्मीक पर्यटनका हीसाबले देशकै नमुना भएको छ । पहीले मान्छे डराउने घाटमा अहीले फोटो खीच्न जानेको लहर चलेको छ । सुनसान नै हुने मन्दीरमा अहीले सुरक्षा गार्ड राख्नु पर्ने दीन आएको छ । राम्रो कामको सुरुवात एक्लै गर्दा पनि हुने रहेछ नी । अरुलाइ दोस नलगाउदा पनि बन्ने रहेछ नी । यो हेम घिमिरेको कामले दिएको उदाहरण हो । ब्यपार गर्दा गर्दै सामाजीक काममा होमीएका हेमको ब्यपार अहीले छोरा राजीबले हेर्छन । उनी त बिशुद सामाजीक अभियन्ता बनेका छन । अहीले उनी मुक्तीधाम आउनेहरुको सबारी पार्कीगं लगायतका स्थानको ब्यबस्थापनमा जुटि रहेका छन् । सामान्य परिबारमा जन्मे हुर्केर सफल र असल ब्यबसायीको परिचय बनाएका हेम घिमिरेले अहीले सामाजीक अगुवाको परिचय बनाएका छन् ।
भीम पौडेल
प्रत्यक्ष कमैले देखेका होलान तर इटहरीमा धेरैले नाम सुनेका र चीनेका ब्यबसायी हुन भीम पौडेल । धनकुटाको मारे कटहरेमा जन्मे हुकेर २०५६ सालदेखि इटहरीमा ब्यबसाय सुरु गरेका ब्यबसायी हुन उनी । नुनको ब्यपारबाट ब्यबसायीक मैदानमा आएका उनी अहीले नुन संगसंगै अरु दर्जनौ समानको ब्यपार गर्छन् । उनी ब्यपारबाट आएको कमाइलाइ बिबिधीकरण गरेर नै स्थापीत भएका हुन । उनी अहीले तारे होटल देखि क्रसर र निमार्णका काममा संलग्न छन् ।
उद्यम सिलता बिकास र रोजगारी सृजनामा उल्लेखनीय योगदान गरेको भन्दै २०७२ साल पुष ६ गते तत्कालीन नेकपा एमाले सुनसरीले प्रधानमन्त्रि केपी ओलीबाट उनलाइ सम्मानीत गरेको छ । उनी इटहरी उपमहानगरपालीका, जिल्ला समन्वय समिति सुनसरी लगायत बिभिन्न स्थानीय सरकार र समाजीक संघ सस्थाबाट पनि सामाजीक काम गरे वापत सम्मानीत छन् । जिल्ला समन्वय समिति सुनसरीले आन्तरीक आय संकलनमा उत्कृष्ट योगदान गरेको भन्दै सम्मानीत गरेको छ ।
सुनसरीकै आन्तरीक आय संकलनमा उत्कृष्ट योगदान गर्ने भीम पौडेल सुनसरीका ठुला रोजगारदाता पनि हुन । इटहरी ४ मीलन चौकमा बस्ने भीम पौडेल रेडक्रस, उद्योग बाणीज्य संघ लगायतकासंघ सस्थामा रहेर सामाजीक काम गरि रहेका छन् । अहीले प्रदेस संसदकालागि प्रस्ताबीत उद्योग बाणीज्य संघ इटहरीको भबन भीम पौडेलकै सकृयतामा निमार्ण अघि बडेको हो । उनले उद्योग बाणीज्य संघ इटहरीको कार्य समिति सदस्य हुँदा भबन निमार्ण समितिको संयोजक भएर काम गरेका छन् ।
भीम पौडेलले बाँच्दा पुग्ने मन्दीर होस या मरेपछि पुगीने घाट बनाउने काम होस, असल बाटो हिडाउने बिद्यालय भबन बनाउने होस की बिग्रेकालाइ सुधार्ने सुधार केन्द्र होस हरेक निमार्णमा सघाएका छन् । इटहरीमा करिब १ कीलो मीटर र लेटागंमा करिब ७ कीलोमीटर सडक भीम पौडेलको एकल लगानीमा कालो पत्रे भएको छ । इटहरी ४ को गूम्बा टोल जाने सडक उनको एकल लगानीमा कालोपत्रे भएको हो ।
मोरगंको लेटागंमा त हरेक संरचना निमार्णमा भीम पौडेलको सहभागीता छ । त्यहाका मेयर शंकर राइका अनुसार भीम पौडेलले लेटागंमा मात्रै ७ कीलोमीटर बाटो आफ्नै लगानीमा कालो पत्रे गरेका छन् । केही सडक त भीम पौडेलकै नाममा नामाकरण समेत भएका छन् । शान्ती भगवती माबीको भबन बनाइ दिएका छन् । लेटागं उद्योग बाणीज्य संघको भवन बनाउन सघाएका छन् । उनी भन्छन् यहा बिकासको जुन काम भैरहेको छ त्यहा भीम पौडेलको कुनैन कुनै सहभागीता छ ।
भीम पौडेलले लेटागं नजीकै क्रसर उद्योग चलाउछन । नजीकै उद्योग चलाउने भएकाले लेटागंमा केही बिकास गरि दिएका होलान भन्ने लाग्छ । तर उनी ब्यबसायीक साइनो नभएका ठाँउमा पनि सामाजीक काम गरि रहेका छन् । नेपालकै नमुनाको रुपमा बनेको इटहरीको कृष्ण प्रणामी मन्दिर र संगैको मुक्ती घाट बनाउने काममा उनले एक्लै एकाउन्न लाख सहयोग गरेका छन् । भीम पौडेलले धरानमा असारा सुधार केन्द्रकोहल एक्लै बनाइदिएका छन् ।
भीम पौडेलले यस्ता दर्जनौ सामाजीक काम गरेका छन् । बिगतमा धेरैले भीम पौडेल भन्ने बित्तीकै क्रसर र टीपर सम्झन्थे । अहीले भीम पौडेल क्रसर र टीपरवाला ब्यपारी मात्र नभएर सुनसरीका ठुला रोजगार दाता, सुनसरीको आन्तरीक आयमा उत्कृष्ट योगदान गर्ने ब्यक्ती भएका छन् । उनको परिचय ब्यापारीबाट रोजगारदाता उद्योगी हुदै समाजसेबीको रुपमा फेरीदै छ ।
इश्वर भट्टराई 
इटहरीमा सयौ मान्छे करोड पति छन । कोही पुर्खाले जोडेको जग्गाको मुल्य बडेर आपसेआफ करोडपति भएका छन । केही अर्काको जग्गालाइ परैबाट औलाले देखाइ दिदा दीदै जग्गाको काराबारी भएर पनि करोडको कुरा गर्ने भएका छन । यहि इटहरीमा पैसासंग दाज्नै नमिल्ने बिद्धानहरु पनि छन । कुनै पेसा ब्यबसाय नभएका र पैतृक सम्पति पनि नभएकाहरु पनि इटहरीमा लाखौ पर्ने चिल्ला गाडीमा हीड्छन् र एक बसाइमै हजारौको बिल तिर्ने हैसियत राख्छन । यही इटहरीमा यस्ता केही मान्छे पनि छन जो श्रृजनशिल दिमाख र निरन्तरको शारिरीक मेहनेतले सुन्यबाट करोडपति भएका छन । सयौ युबालाइ आफ्नै भुमीमा रोजगारी दिएका छन । यसरी आफ्नै सिपले शुन्यबाट करोडपति हुने मध्येका एक कर्मबिर हुन इश्वर भट्टराई ।
उनी एउटा ट्रान्सपोर्टमा काम गर्ने मजदुरका रुपमा २०४२ सालमा इटहरी आएका हुन । महीनाको ६ सय पाउने गरि जे.बि. ट्रन्सपोर्टमा जागिर खान आएका इश्वर अहीले इटहरीको ब्यापार र समाजीक काममा चमत्कार गरि रहेका छन् । ट्रान्सपोर्ट, पेट्रोल पम्प, हार्ड वयर, इटा उद्योग, प्लाइ उद्योग जस्ता दर्जन उद्योग ब्यबसाय छन उनीसंग । उनले सुरुमा जागीरको तलब र ऋणबाट सुरु गरेको ब्यबसायले आम्दानी दिए पछि ब्यबसाय बिबिधिकरण गरे । अहीले ब्यबसायबाट आएको आम्दानीको केही अंस सामाजीक काममा लगाइ रहेका छन् । इश्वर भट्टराइकै अगुवाइमा इटहरी ५ को सत्सङ मन्दीरमा एउटा बिसाल सामुदायीक भबन बनि रहेको छ । करिब ९ करोड लागत अनुमान गरिएको यो भवन निमार्णको अन्तिम चरणमा छ । यो सम्पन्न भए पछि धार्मीक र पर्यटकीय बिकासमा इटहरीमा एउटा ठुलो काम देखिने छ । बाहीर धेरै हल्ला नगरि भैरहेको यो कामले इश्वर भट्टराइको सामाजीक छबीलाइ उच्च बनाएको छ ।
दिबस पोख्रेल
पत्रकारीताको पृष्ठभुमी भएका दिबस पोख्रेल सामाजीक काममा सकृय युवा ब्यबसायीको रुपमा परिचीत छन् । धरानमा जन्मेर इटहरीमा हुर्के बढेका दिबस इटहरीमा न्यु मोरगं छापाखाना सन्चालन गर्छन । उनी उद्योग बाणीज्य संघ इटहरीको माहासचिब भएर काम गरि सकेका छन भने नेपाली शेना र समुदायको संयुक्त पहलमा इटहरीमा सर्पदंस उपचार केन्द्र सन्चालन गरेर सामाजीक कामको अगुवाइ गरि रहेका छन् । यो इटहरीको सर्पदंस उपचार केन्द्रले दश हजार भन्दा बढि मानीस बचाएको रेकर्ड छ ।
तराइका जिल्लामा सर्पले डसेर सयौ ब्यक्ती मृत्युको मुखमा पुग्छन् । तत्काल उपचार नपाए मृत्यु हुन्छ । यो खतरनाक समस्याबाट मान्छे बचाउन नेपाली शेनाको इटहरी स्थीत पृतना र इटहरीका ब्यबसायीको सामुहीक पहलमा सर्पदंश उपचार केन्द्र सन्चालीत छ । पहिले नेपाली शेनाले ब्यारेक भित्रै उपचार त गथ्र्यो तर २०६९ सालमा समुदायको सहभागीतामा ब्यारेक छेउमा बेग्लै भबन बनाएर सहज उपचारको ब्यबस्था मिलाइएको हो । यस्को अगुवाइ नै दिबस पोख्रेलले गरेका हुन । यस केन्द्रमा डाक्टरको ब्यबस्था सेनाले गर्छ बाँकी काम केन्द्रलेनै गरि रहेको छ । जस्तो सुकै बिसालु सर्पले डसेको बिरामीको पनि उपचार हुन्छ । साह्रै गरिबको निशुल्क उपचार हुन्छ । सामान्य बिसालु सर्पले डसेको एक हजार र कडा बिसालु सर्पले डसेको छ भने दुइ हजार सम्ममा सबै उपचारको ब्यबस्था मिलाइएको छ । इटहरीको सर्प दंश उपचार केन्द्रमा खर्च अभाबले उपचार नपाउने कोही छैन र अझ सुन्दर कुरा त यहा आइ सके पछि सबै बिरामी सद्दे भएर घर गएका छन् । धरानको बीपी क्याम्प र दमक रेडक्रसमा पनि सर्पदंसको उपचार छ तर इटहरीको सर्पदंस देशकै सबै भन्दा धेरै बिरामीको उपचार गर्ने केन्द्रमा पर्छ । यो कीसीमको सामाजीक कामको अगुवाइ गरेका दिबस नेपाली शेनाबाट पनि सम्मानीत छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg