गृहपृष्ठ » News » विराटनगरमा हडताल

विराटनगरमा हडताल

 Posted by Itahari Fm | error | १११ पटक

बिराटनगरलाइनै प्रदेश १ को स्थाई राजधानी बनाउने निणर्य भै सकेपछि पनि बिराटनगरलाइनै राजजधानी माग्दै विराटनगरमा हडताल गरिएको छ । दुइ तीहाइ सासद रहेको सत्तारुढ दल नेकपाले बिराटनगरलाइनै स्थायी राजधानी बनाउने निर्णय गरि सकेको अबस्थामा सत्तारुढ दलका नेता र बिराटनगर महानगरपालीकाकै अघुवाइमा बिराटनगरमा बिहानैदेखि हडताल गरिएको छ ।
विराटनगरबाट राजधानीका संरचना बाहिरपनि लान लागिएकोे भन्दै हडताल गरिएको आयोजकहरूले बताएका छन् । काग्रेस निकट मानीने बिराटनगरका अर्थशाष्त्री डा.भेषप्रसाद धमलाको संयोजकत्वमा गठित समितिमा नेकपाका महेस रेग्मी, नेपाली काँग्रेसका नागेस कोइराला र मोदराज घीमीरे, फोरमका राजकुमार यादब लगायत सहसंयोजक छन् । हडताल गर्ने समितिको सदस्यमा उद्योग संगठन मोरगंका अध्यक्ष भीम घिमिरे र ब्यपार संघका अध्यक्ष तथा पुर्ब सासद पवन सारडा पनि छन् ।
हडतालले विराटनगरको यातायात ठप्प भएको छ । प्रदर्शनकारीहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आजको संसदीय छलफललाई प्रभावित पार्ने गरि भएको हडतालमा सांसदहरूलाई स्कर्टिङ गरेर लगिएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg