गृहपृष्ठ » News, इटहरी अपडेट » निसानको नयाँ किक्स गाडी अब ईटहरीमा

निसानको नयाँ किक्स गाडी अब ईटहरीमा

 Posted by Itahari Fm | error | २०८ पटक

इटहरी । निसान कम्पनीको नयाँ किक्स गाडी इटहरीमा लन्च गरिएको छ । लामो समय देखी प्रतिक्षामा रहेको निसानको किक्स गाडीलाई उत्कृष्ठ गाडिको रुपमा हेरिएको छ । उद्योग वाणिज्य संघ इटहरीका कार्यबाहक अध्यक्ष शैलेस विष्टले किक्सको लन्च गरेका हुन ।नेपालका लागि निशान मोटर्स द्धारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.को लागि सुनसरीको आधिकारिक वितरक ओम साई मोटो कर्प प्रा.लि.ले गाडि बजारमा ल्याएको हो ।

सुविधा सम्पन्न र आरामदायी सेवा सहितको यो गाडी ग्राहकले मन पराउने ओम साई मोटो कर्पका प्रवन्ध निर्देशक पारश मणि गेलालले जानकारी दिए ।सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडीको नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजार र टप लेभलको ५९लाख ९९ हजारमा पाईने कम्पनीले जनाएको छ । यो क्ग्ख् गाडी डिजेल ईन्जिनमा ह्ी, ह्ख् र ह्ख् प्रिमियम गरी तिन प्रकारका रहेका छन् । यस्तै पेट्रोल ईन्जिनमा ह्ी र ह्ख् गरी दुई प्रकारका रहेका छन् ।

नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी विभिन्न ७ प्रकारका कलरमा पाईनेछन् । नयाँ किक्स गाडी लन्चसँगै विक्री पनि प्रारम्भ गरिएको छ । यस अघि नै बुकिगं गरेका ग्राहकलाई गाडी उपलब्ध गराउने कम्पनीले जनाएको छ । यस्तै नयाँ ग्राहकले खरिद गर्दा विभिन्न अफरहरु पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg