गृहपृष्ठ » News » सुन्दरहरैँचा एक्स्पोमा १० करोडको विमा

सुन्दरहरैँचा एक्स्पोमा १० करोडको विमा

 Posted by Itahari Fm | error | ४७ पटक

 

इटहरी । तेस्रो सुन्दरहरैँचा एक्स्पोमा १० करोडको विमा गरिएको छ । एक्स्पोमा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वमै पहिलो पटक विमा गरिएको आयोजकले जनाएको छ । भोलीको सुनिश्चिततालाई पनि ध्यानमा राखेर पहिलो पटक प्रयोगमा ल्याईएको सुन्दरदुलारी उद्योग वाणिज्य संघका सल्लाहाकार भोलेश्वर दुलालले जानकारी दिए ।
एक्स्पोमा रहेका १ सय ८५ वटा स्टल, त्यस स्टलमा राखिने सामाग्रीहरु सबैको सुरक्षाका लागि १० करोड बराबरको विमा गरिएको हो । आगलागि, हावाहुरीबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै विमा गरिएको उनले जानकारी दिए ।
यस्तै मेलामा हुने भिडभाड, खेला खेल्दा कुनै दुर्घटना भए, मानिसको हाताहाती भए १० लाखको विमा पनि गरिएको छ । एक्स्पोमा आउने दर्शकलाई लक्षित गर्दै सुरक्षित महसुस गराउन यो पहिलो पटक प्रयोगमा ल्याईएको आयोजकले जनाएको छ । मेलामा राखिएका रोटेपिग लगायतका अन्य खेल, तमासा,मा कुनै दुर्घटना भए, मानिसको ज्यान गए ,साँस्कृतिक कार्यक्रममा कुनै झगडा,भिडभाडबाट मानविय क्षति भए त्यस वापत १० लाख रुपैँया दिने सल्लाहाकार भोलेश्वर दुलालले जानकारी दिए ।

एक्स्पोमा स्टल राख्न आउने उद्योगी,व्यापारी, व्यवसायीको व्यवसायीक सुरक्षा साथै अवलोकनमा आउने दर्शकको पनि सुरक्षाका लागि यो कार्यक्रम राखिएको सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किरोश कार्कीले जानकारी दिए । एक्स्पो सबै हिसाबले सुरक्षित छ तपाईहरु आउनुहोस, अवलोकन गर्नुहोस् उनले भने ।
पहिलो पटक ल्याइएको यो विमा योजनाले सबैलाई सुरक्षित महसुस भने गराउने देखिएको छ । कृषि,पर्यटन,उद्योग र व्यापारलाई केन्द्रमा राखेर आयोजना गरिएको एक्स्पोले व्यवसायी प्रर्वधन गर्ने बताइएको छ ।
औद्योगिक उत्पादन र प्रविधि प्रवद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायीक उत्पादन, पर्यटन क्षेत्रको विकास गर्दै, सम्भावित बजारको पहिचान, उत्पादकहरु वीच स्वस्थ प्रतिष्पर्धा गर्ने प्रमुख उदेश्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

फागुन ४ गते देखी १२ गते सम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न एक सय ८५ वटा स्टलहरु रहेका छन् । एक्स्पोमा औद्योगिक उत्पादन, कृषि उत्पादन, सुचना प्रविधि बैकल्पिक उर्जा,अटोमोबाईल्स, बैंक तथा वित्तिय संस्थाका स्टलहरु रहेनछन् । एक्स्पोमा कुल ७५ लाख लागत लाग्ने आयोजकले जनाएको छ । एक्स्पोमा १० देखी १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ । करिब ३ लाख दर्शकले अवलोकन गर्ने एक्स्पोलाई संघिय संसदका सभामुख कृष्ण बहादुर महराले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको दैनिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg