गृहपृष्ठ » News, इटहरी अपडेट » इटहरीमा फुड फेष्टिबल सुरु , लालिगुँरास र अर्ना मुख्य आकर्षण

इटहरीमा फुड फेष्टिबल सुरु , लालिगुँरास र अर्ना मुख्य आकर्षण

 Posted by Itahari Fm | error | १०५ पटक

इटहरी माघ २४ गते । इटहरीमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्दै पर्यटन प्रर्वधन गर्न इटहरी फुड फेष्टिबलको आयोजना गरिएको छ । फेष्टिबलको आज मुख्यमन्त्रि शेरधन राईले उद्घाटन गर्नुभएको हो ।
महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्रि शेरधन राईले पर्यटन विकासमा हरेक संस्था सँग आफुहरु हातेमालो अघि बढ्न तयार रहेको बताउनुभयो ।

प्रदेश नम्बर एकमा धेरै पर्यटकीय स्थलहरु भएको भन्दै प्रचार प्रसारमा लाग्नुपर्ने बताउनुभयो ।
होटल व्यवसायी संघ इटहरीले आयोजना गरेको फेष्टिबलमा खानाका विभिन्न परिकारका स्टलहरु राखिएका छन् । विभिन्न जातिय परिकारहरुसँगै खेलका सामाग्रीहरु पनि राखिएका छन् । यस्तै फेष्टिबलमा सेल्फी जोनको रुपमा एक नम्बर प्रदेशको आकर्षणको रुपमा रहेको लालिगुँरास र अर्नाको मुर्ति राखिएका छन् ।

यस्तै कोशीटप्पु बन्यजन्तु आरक्षबाट २ वटा हात्ति ल्याईएका छन् । बालबालिकाहरुलाई आकर्षण गर्न हात्तिमा फोटो खिच्न र चढ्ने व्यवस्था मिलाईएको छ । पर्यटकीय स्थलको हवाई निरिक्षण गर्न र सिटी टुरको पनि व्यवस्था गरिएको होटल व्यवसायी सघंका अध्यक्ष जिवन पराजुलिले जानकारी दिनुभयो । फेष्टिबलमा खानाको स्वाद लिदै मनोरञ्जका लागी दैनिक राष्ट्रिय तथा स्थानियकलाकारहरुको प्रस्तुति रहने अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg