गृहपृष्ठ » इटहरी अपडेट » इटहरी एफएमको विदेश भ्रमणमा निस्कीए करण

इटहरी एफएमको विदेश भ्रमणमा निस्कीए करण

 Posted by Itahari Fm | error | ६९ पटक

 

लक्की ड्र विजेता करणसँगै इटहरी एफएमको टिम थाईल्याण्ड भ्रमणमा निस्कीएको छ । गएको दशैँतिहार पर्वोत्सवमा शुभकामना दिने विज्ञापनदाताहरुलाई थाईल्याण्ड टु प्याकेज दिईएको थियो । पर्वोत्सव शुभकामना लक्की ड्रमा इटहरीका करण विष्ट विजेता बन्न सफल भएका थिए । कात्तिक भित्रमा टुर प्याकेजमा जाने योजना भएपनि विष्टको प्राविधिक समस्याका कारण केही समय ढिला गरी टोली थाईल्याण्ड भ्रमणमा निस्कीएको हो ।

भ्रमण टोलीमा विजेता करण विष्ट, मिडियो मोर प्रा.ली तथा एफ.एमका अध्यक्ष चेतन धमलासँगै अन्य व्यक्तिहरु सहभागी रहेका छन् । एमएमले शुभकामना दिने तथा विज्ञापन दिने दाताहरुलाई ४ रात ५ दिनको थाइल्याण्ड टुर प्याकेजको ब्यवस्था गरेको छ । यो सवै खर्च एफ.एमले नै व्यहोर्नेछ ।

भ्रमण टोलीले थाईल्याण्डसँगै अन्य देशको पनि भ्रमण गर्नेछ । ति देशका सामरिक महत्वका क्षेत्रमा भ्रमण केन्द्रित हुने बताइएको छ । भ्रमणलाई केवल भ्रमण मात्र बनाउने भन्दा पनि त्यहाँको विकासको अवस्था, व्यापार, उद्योग, कला संस्कृतीको अध्ययन पनि गरिने करण विष्टले बताएका छन् ।

बजारमा विभिन्न कम्पनी तथा संस्थाहरुले प्रचारका लागि भ्रमणको प्याकेज छ भन्ने गरे पनि व्यवहारमा नदिने गरेकोमा इटहरी एफएमले पुरा नै गरेको भन्दै करणले आफुलाई खुसी लागेको बताए । यसले अन्य मिडिया र व्यवसायीक संस्थाहरु वीचको कार्यलाई कसरी व्यवसायीक बनाउने भन्ने कुरा पनि देखाउने उनले बताए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg