गृहपृष्ठ » News, इटहरी अपडेट » हेमकर्णलाई सफाई

हेमकर्णलाई सफाई

 Posted by Itahari Fm | error | ९५ पटक

अपहरण तथा शरीर बन्धकको मुद्दा खेपिरहेका नेपाली काग्रेस इटहरी सभापति हेमकर्ण पौडेललाई सर्वोच्च अदालतले सफाई दिएको छ ।

प्रधानन्याधिश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले पौडेललाई सफाई दिएको हो । सोही मुद्दामा हेमकर्ण सँगै नेविसंघका पूर्व केन्द्रीय सदस्य सुर्य राई र रोशन तामाङले पनि सफाई पाएका छन । यसअघि, जिल्ला अदालत सुनसरी र उच्च अदालत विराटनगरको फैसलालाई बदर गदै सर्वोच्च अदालतले सभापति पौडेललाई सफाई दिएको हो । उनीमाथि २०६९ सालमा इटहरीका दुर्गा बहादुर अधिकारीलाई अपहरण गरी पैसा लुटेको अभियोग लागेको थियो । तास खेल्ने क्रममा उनले अधिकारीलाई अपहरण गरेर बन्धक बनाएको अभियोगमा जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो ।

यो प्रकरणमा प्रहरीले मुद्दा दर्ता गर्न स्वीकार नगरेपछि पीडित भनिएका अधिकारीले पुनरावेदन अदालतमा परमादेशको माग गर्दै रिट निवेदन हालेका थिए । पुनरावेदनबाट परमादेश जारी भएपछि २०७० फागुन २६ गते मुद्दा दायर भएको थियो । मुद्दा दायर भएपछि पौडेल फरार भएर केही समयपछि जिल्ला अदालतमा उपस्थित भएका थिए । पौडेललाई जिल्ला अदालत सुनसरीले साढे ३ बर्ष कैद र २५ हजार जरिवाना तोकेको थियो । पौडेलले यो फैसलाविरुद्ध तत्कालीन पुनरावदन अदालत विराटनगरमा पुनरावेदन दिएका थिए । पुनरावेदनले जिल्ला अदालतको फैसलामा दिइएको सजाय घटाएर दुई बर्ष कैद र २५ हजार जरिवाना कायम गरेको थियो । पौडेलले पुनरावेदनको फैसलाप्रति पनि चित्त नबुझाउदै सर्वोच्च अदालतको ढोका ढकढकाएका थिए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg