गृहपृष्ठ » खेल/मनोरन्जन » विराटनगरलाई दोस्रो सफलता

विराटनगरलाई दोस्रो सफलता

 Posted by Itahari Fm | error | ४६ पटक

एभरेष्ट प्रिमियर लिग (ईपीएल) तेस्रो संस्करणको पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध पहिलो व्याटिङ गरिरहेको ललितपुरले दोस्रो विकेटका रूपमा भारतीय क्रिकेटर गौरव तोमरलाई गुमाएको छ ।

खेलको पाँचौँ ओभरको पाँचौँ बलमा नेदरल्यान्ड्सका भान डेर मेरवेको बलमा सुमित महर्जनले क्याच आउट गरेका छन् ।

सुमितले विराटनगरका लागि पहिलो विकेटका रूपमा ओपनिङ व्याट्सम्यान जयकिसन कोल्सावालालाई पनि क्याच गरेका थिए ।

खेलको पहिलो ओभर बलिङ गर्न आएका विराटनगरका बलर करण केसीले कोल्सावालालाई पवेलियन फर्काएका हुन् ।

ललितपुरले खेलको ७ ओभर सकिँदा ३३ रन बनाएर खेलीरहेको छ । ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्ल १२ र पवन शराफ १२ रनमा खेलीरहेका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg