गृहपृष्ठ » चर्चाका चार » कात्तिक महिनाका चर्चित व्यक्तिहरु

कात्तिक महिनाका चर्चित व्यक्तिहरु

 Posted by Itahari Fm | error | २४ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएर चर्चामा आएका चर्चित मध्येका चार व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिन्छ । विभिन्न सञ्चार मध्यममा आएका समाचार, विश्लेषण अनि सार्वजनिक स्थल, कार्यक्रममा हुने छलफल तथा बहसका आधारमा इटहरी एफ.एमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।यो महिना पनि विभिन्न घटना तथा परिघटनाहरु चर्चामा आए । ति घटनाहरुमा विभिन्न व्यक्तिहरु जोडिएर चर्चित भएर बजारमा छाए । कात्तिक महिनाभर चर्चामा आएका चर्चामा आएका विषय मध्येबाट बढि चर्चामा आएका व्यक्तिहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

द्वारिकलाल चौधरी
इटहरीका मेयर द्वारिकलाल चौधरी चर्चामा आईरहने व्यक्ति हुन । उनको कार्यशैली नै चर्चाको विषय बन्ने गरेको छ । मेयर चौधरी यस्तो तरिकाले काम गर्छन्, जुन सबैका लागि चासोको विषय बन्ने गर्छ । उनले गरेका कुनै काम टुंगोमा पुग्दैनन्, वीचमै अधुरो । यो महिना पनि उनको कामको चर्चा भयो । इटहरी उपमहानगरपालिका कर्मचारीहरुले प्रयोग गर्दै आएको मोटरसाईकलहरु खोसेर मेयर चर्चामा आए । विभिन्न वडाका वडा सचिवहरुले प्रयोग गर्दै आएको मोटरसाईकल आफैले खोसे । वडा सचिवले मोटरसाईकल फिर्ता दिन नमानेको भन्दै मोटरसाईकल खोसेँ भनेर मेयर चौधरीले फेसबुकको भित्तामा लेखे । कति सम्म भने एका विहानै कर्मचारीको घरमै गए मोटरसाईकल नियन्त्रणमा लिएको कुरा पनि सामाजिक सञ्जालमै फोटो सहित हालियो । अचेल हाम्रा मेयरसाब जे कुरा पनि फेसबुकमै लेख्ने गर्छन् । केपी सरकारले सवै सरकारी कार्यलयले फेसबुक,ट्वीटर चलाउनु जो भनेको छ । मेयरसाबले मोटरसाईकल फिर्ता ल्याउनु राम्रो हो । तर शैली गलत भयो भन्ने चर्चा बजारमा छ । तत्कालिन एमाले निकटकै कर्मचारीको हालिमुहालि छ, इटहरी उपमहानगरपालिकामा । प्रतक्ष्य राजनितिक प्रभाव देखाउँदै हैकम जमाउन खोज्ने कर्मचारीसँग यस अघिका कार्यकारी अधिकृतहरु त कायल नै भएका थिए । मेयरको मोटरसाईकल काण्डले कर्मचारीलाई झड्का भने अवश्य दिएकै छ । तर कर्मचारीलाई कारबाही गर्छु भनेर बोले जसरी गलत गर्ने कर्मचारीलाई कारबाही गर्न नसक्दा मेयर कमजोर भएको देखिएका छन् । बरु स्थायी सरकार(कर्मचारी)सँग ५बर्षे सरकार(मेयर) निरिह भएको भन्ने चर्चा इटहरीमा छाएको छ ।कुनै विषयमा स्पष्ट अडान लिन नसक्नु, बरु उल्टै आफु विवादमा पर्ने गरी काम गर्न खोज्नु मेयरको कमजोरी हो भन्दै सार्वजनिक कार्यक्रममा कुरा हुने गरेको छ ।

काशीनाथ दंगाल

काशीनाथ दंगाल जनता उच्च मा.विको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हुन । उनी पनि यो महिना चर्चामा आए । इटहरी ५का वडा अध्यक्ष कल्याण बहादुर कार्कीसँग मदिरा पिउँदै गरेको फोटो फेसबुकमा हालेर उनी चर्चामा आए । विद्यालय व्यवस्थापन समिती अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेको मान्छेले वडा अध्यक्ष जस्तो अर्को महत्वपूर्ण पदमा रहेको व्यक्तिको मदिरा पिउँदै गरेको फोटो ठट्यौली शैलीमा फेसबुकमा पोष्ट गर्नुले उनको स्टाटस उदांगो पारेको थियो । उनको यो कार्यशैलीको फेसबुकमै धेरै विरोध भएको थियो । उनले हालेको पोष्टमा इटहरीका अन्य सामाजिक व्यक्तिहरुले गलत कार्य भन्दै हटाउन अनुरोध गरेका थिए । केहीले भने दंगालको फेसबुक ह्याक भएको त हैन भन्दै प्रतिप्रश्न नै गरेका थिए । बजारमा उनको यो विषयमा राम्रै चर्चा भयो ।विभिन्न तर्क आए । पक्ष अनि विपक्षमा । भर्खरै फेसबुक चलाउँन थालेका दंगालले झुक्किएर पोष्ट हुन पुगेको भन्दै उनको बचाउ पनि गरियो । अर्काथरीले सवैले खाने मदिरा खाएको फोटो हाल्नु ठुलो कुरा होईन । देश विदेशमा राष्ट्र प्रमुखले नै मदिरा खाएको फोटो आउँछ यो त सामान्य हो भने । अनि कतिपयले पिउनु ठुलो विषय नभए पनि सार्वजनिक गर्नु सामाजिक मर्यादा नदेखिने भन्दै विरोध गरे । उनले होलेको फेसबुक पोष्टलाई राखेर केही सञ्चार माध्यमले समाचार नै बनाए । बजारमा हल्ला बोल राम्रै भयो । एमालेको राजनितिक गर्दै एकै पटक कोेटामा परेर विद्यालयको अध्यक्ष बनेका दंगालले आफ्नो सामाजिक मर्यादा बचाएर राख्न नसकेको भन्दै खुईल्याउने काम पनि गरे । उनकै पाटि निकट व्यक्तिहरु त्यसमा सामेल थिए ।
दंगालको पोष्टले सामाजिक सञ्जालको फाईदा अनि बेफाईदा राम्रैसँग देखाईदियो । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले कहिले काँही ठुलै समस्यामा परिन्छ भन्ने पाठ भने सवैलाई सिकाएको छ । व्यक्तिहरु सामाजिक सञ्जालमा खाना खाएको देखि लिएर ट्वाईलेट गएको सम्म पोष्ट गर्न चाहनेहरुलाई भने यो प्रकरण उदाहरण बन्न सक्छ ।

शैलेस विष्ट
इटहरीका व्यापारीका नेता हुन, शैलेस विष्ट । उनी पनि इटहरीमा चर्चामा आईरहने व्यक्तिमा पर्छन् । यो महिना पनि उनी चर्चामा आए । इटहरीमा साप्ताहिक बजार बन्दको विषयले उनलाई चर्चामा ल्यायो । विहिबार बन्द हुँदै इटहरी बजार अव भने शनिबार बन्द गर्नुपर्ने माग उठेको छ । व्यापारीहरु नै विभाजित भएपछि यो माग उत्कर्षमा पुगेको छ । ठुला व्यापारी नेता दुई खेमामा बाँडिदा,साना भने अन्यौलमा छन् । दशैँ तिहार जस्ता चाडपर्वका लागि खुल्ला गरिएको बजार पुन विहिबार बन्द गर्न भन्दै उद्योग वाणिज्य संघले माईकिगं गर्यो । तर त्यसको भोली पल्ट नै हार्डवेयर व्यवसायी संघले शनिबार बजार बन्द गर्न भन्दै माईकिगं गर्यो । यसले सम्पूर्ण व्यापारी तथा व्यवसायीलाई अन्यौलमा परिदियो । बजारमा छाएको अन्यौलता चिर्ने व्यक्ति थिए बरिष्ठ उपाध्यक्ष शैलेष विष्ट । उद्योग वाणिज्य संघको जिम्मेवार र कार्यकारी रहेर विष्टले नै काम गर्दै आएका छन् । विष्टले पनि सवै व्यवसायीलाई यसै हो भन्न सकेनन् । सक्ने अवस्था छैन, जवकी व्यवासायी नै दुई पक्षमा बाडिँएका छन् । अर्को तर्फ व्यवसायीहरुलाई सन्तुष्ट पार्न नसकेको भन्दै उनको भूमिकाको आलोचना पनि हुने गरेको छ । विष्ट, सवैभन्दा बढि हार्डवेयर व्यवसायी संघका कारण अप्ठ्यारोमा परेको बजारमा चर्चा छ । हार्डवेयर व्यवसायीहरुको उचित कुराको सम्बोधन गर्न चासो नै नदेखाएपछि उनीहरु छुट्टै संघ खोली संगठित भएको कतिपय व्यवसायीको भनाई छ । व्यवसायीहरुको आ आफ्नो क्षेत्रका संघ भएपनि हार्डवेयर संघ थिएन । विहिबार बजार बन्द गर्दा निकै समस्यामा पर्दै आएको हार्डवेयर व्यवसायीको गुनासो छ । शनिबार बजार बन्द गनुपर्ने उनीहरुको माग छ । विहिबार र शनिबार दुई पक्षमा व्यवसायी विभाजित भएपछि सबैभन्दा ठुलो घाटा भने शैलेष विष्टलाई नै भएको छ ।दुई मध्ये कुनै एकको पक्ष लिए अर्को रिसाउने । आउँदै गरेको चुनावमा अध्यक्षको दावी गर्दै आएका उनी निकै अप्ठ्यारोमा परेको व्यवसायीहरु नै बताउँछन् । बोले पनि घाटा नबोले पनि घाटा । यो विषयले विष्टलाई चर्चामा ल्याईदिएको छ ।

देवराज चौधरी 

देवराज चौधरी इटहरी उपमहानगरपालिकाको दमकलका चालक हुन । चौधरी मानविय साहयताका लागि पूर्वका विभिन्न शहरमा पुग्ने व्यक्ति हुन् । आगोको लप्कोले भौतिक सम्पत्ति खरानी बनाईरहँदा,मानिसहरु बाँच्नका लागि सुरक्षित स्थान तर्फ दौडिरहँदा चौधरी भने आगो निभाउन दमकल लिएर पुग्ने गर्छन् । दमकलका चालक मध्येमा उनी पहिलो नम्बरमा आउँछन् । दमकल लिएर उनी पूर्वमा इलाम, पाँचथर सम्म र पश्चिममा लहान सम्म पुगेको बताउँछन् । इटहरी, विराटनगर,धरान,बेलबारी लगायतका शहरमा उनी नपुगेको ठाउँ कमै होलान् । इटहरीमा लक्ष्मी पूजाको दिन चौधरी सहितको दमकल टिमको भूमिका प्रंशनिय छ । यहाँ मात्रै होईन, अन्य ठाउँमा पनि आगोसँग खेल्दै ज्यानको बाजी थापेर उद्धारमा लागि पर्छ इटहरीको दमकल टोली । दमकल जस्तो सम्बेदनशिल साधनको चालक भएकाले त झन चनाखो हुनुपर्ने चौधरी बताउँछन् । चौधरीले इटहरीको दमकल विभागमा काम गरेको धेरै बर्ष भईसकेको छ । दमकल चालकसँगै चौधरी कुशल मेकानिक पनि हुन । दमकलमा आएका सानातिना समस्या आफै बनाउँछन् । उनको यो कौशल इटहरी दमकल विभागलाई मात्रै होईन, छिमेकी शहरका साथीभाईलाई पनि थाहा छ । इटहरीका छिमेकी शहरमा रहेका दमकलका चालक, कर्मचारीहरु समस्या लिएर उनलाई सोध्ने गर्छन । कतिपय त दमकल नै लिएर इटहरी आईपुग्छन् ।
चौधरीले धेरैको धनसम्पत्ती हेर्दा हेदै खरानी भएको देखेका छन् । अनि धेरैको भौतिक सम्पत्ति जलेर खरानी हुनबाट जोगाएका पनि छन् । आगलागि भएको छोटो समयमै पुगेर आगो निभाउँदा खुसी लाग्ने चौधरी बताउँछन् ।आगोसँग उनका अनुभवका किस्सा धेरै छन् जो पछिल्ला पिढिलाई काम लाग्छ । दनदनी आगो लाग्दा कसरी काम गर्नुपर्छ भन्ने उनले राम्रोसँग बुझेका छन् । जुन कुरा चाहेको बेला अरुलाई सिकाउन पनि सक्छन् । इमान्दार कर्मचारी देवराज चौधरी र उनको टिमका सबै सदस्यहरु आफैले गरेको कर्मका कारण प्रशंसनिय बनेका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg