गृहपृष्ठ » खेल/मनोरन्जन » ”हिमालय रोडिज सिजन टु ”को उपाधी भैरवाका आयुसलाई

”हिमालय रोडिज सिजन टु ”को उपाधी भैरवाका आयुसलाई

 Posted by Itahari Fm | error | ४६ पटक
हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’ को बिजेताको उपाधी आयुस श्रेष्ठले जितेका छन । काठ्माण्डौ उपत्यकाको  हात्तिवन सामुदायिक जंगलमा फाइनल  प्रतिस्पर्धा  गराइएको थियो जसमा आयुस श्रेष्ठ, पिरबीर घले र तेजश बस्नेत फाइनलिस्टको रुपमा प्रतिस्पर्धा गरेका थिए ।
हिमालय टेलिभिजन मार्फत प्रशारण भएको  यो एड्भेन्चर रीयालिटी शोमा श्रेष्ठले बुटवल अडिसनबाट  प्रतिस्पर्धामा सहभगिता जनाएका हुन । अडिसनमा सहभागी हजारौँ  प्रतिस्पर्धामध्यबाट  जर्नि राउन्डमा छानिएका  उत्कृष्ट १३ प्रतिश्पर्धिलाई  पछि पार्दै उनि बिजयी भएका हुन । बिजेताको उपाधी सँगै आयुसले दश लाख नब्बे हजार रुपैँया  नगद र यामाहा एफ.जेड. २५० सिसीको बाइक पुरस्कार स्वरुप प्राप्त गरेका छन ।
बिजेताले कुल २० लाख रुपैँया प्राप्त गर्न सक्ने थिए तर जर्नि राउन्डमा खेलाइएका खेलहरु मार्फत
प्रतिस्पर्धीहरुले कुल रु दश लाख नब्बे हजार जित्न सके । सबैलाई पछि पार्दै आयुसले उक्त रकम आफ्नो  हात पार्न सफल भए ।
हिमालय रोडिजमा प्रतिस्पर्धाहरुको शारिरीक मानसिक र बौद्दिक क्षमता मात्र नभएर उनिहरुको सामाजिक ब्यावहरको पनि मुल्यांकन हुन्छ । भाग्यले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने यस रीयालीटी शोमा प्रतिस्पर्धीबिचको आपसि बिवाद र खिचातानीले अझ रोमान्चकता थप्छ । भारत लगाएत दक्षिण एसियामा नै निकै प्रख्यात रहेको यो एड्भेन्चर रीयालटी शो एम टिभी रोडिज, भायकम अठारको फ्रेन्चाइज हो ।
यामाहा एफ. जी. मोटरसासइकल मुख्य प्रयोजक रहेको हिमालय रोडिजमा प्रतिस्पर्धीको खोजको क्रमका नेपालका
 पाँच ओटा शहरहरुमा अडिसन गरीएको थियो । अडिसनमा मेन्टरहरुको मन जित्न सफल प्रतिस्पर्धीलाई पर्सनल इन्टरभ्यु राउन्डमा प्रवेश गराइएको थियो । पर्सनल इन्टरभ्युर राउन्डबाट उत्कृष्ट १३ जनालाई प्रतिस्पर्धाको लागी नेपालको सुदुर पश्चिम लगिएको थियो र सुदुर पश्चिमका विभिन्न राष्टिय निकुन्ज तथा अन्य आकर्षक ठाउँमा प्रतिस्पर्धा गराइएको थियो ।
गत वर्षको सिजन जस्तै यसपाली पनि निर्णायक टिममा रेमन दाश श्रेष्ठ, दिया मास्के र आशिष राना (लाउरे) थिए भने गत सिजनका विजेता समन श्रेष्ठ र अनिमेश शाही प्रश्तोताका रुपमा उपस्थित थिए । लोकप्रियता संग सँगै अनेकन विवाद खेपिरहने यो रियालीटी शोको निेर्देशन अमन प्रताप अधिकारीले गरेका हुन ।

 

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg