गृहपृष्ठ » सम्वृद्धि यात्रा » सम्पूर्ण लाहुरे अब व्यवसायी बन्नु पर्छ ।

सम्पूर्ण लाहुरे अब व्यवसायी बन्नु पर्छ ।

 Posted by Itahari Fm | error | १३०२ पटक

नेपालमा हजारौ शैैनीकहरु छन् । उनीहरु आरामले जीवन विताई रहेका छन भन्ने आम मानिसको बुझाई छ । भुपु शैनीकहरु सामाजकि र ब्यबसायीक कामले समाजमा उदाहरणीय पनि छन । यस्तै एक जना भुपु शैनीक हुनुहुन्छ गम्भीरजंग राइ जस्को सामाजीक र ब्यबसायीक काम उदाहरणीय छ । ईण्डियन आर्मीमा सुवेदार जस्तो उच्च पद हाँसिल गरेका कारगिल युद्धमा किरात टाक्स फोर्सको कमाण्डो बनेर ठुलो जिम्मेवारी पुरा गरेका राई २८ वर्षपछि स्वदेश फिर्ती हुनु भएको हो ।
उहा अहीले व्यवसायिक रूपमा सक्रियताका साथ देश ब्यापी अभियान चलाई रहुन भएको छ । उहाको अभियानकै बिषयमा कुशल राइले लामो संबाद गरेका छन् । इटहरी एफ. एम.को कार्यक्रम अर्थ सम्बादकालागि गरिएको कुराकानीको संम्पादीत अंश यहा प्रस्तुत गरिएको छ ।
तपाई कहीले र कसरी भारतीय शेनामा भर्ती हुनु भयो ?
– म सन् १९७६ सेक्टेम्वरमा दार्जिलिङ्गबाट फ्रि कम्पिटिसन पास गरेर भर्ती भएको हुँ ।
तपाई ईण्डियन आर्मीमा नै कीन भिड्नु भयो ? र तपार्ईको जीवनमा लाहुरे नै बन्नु पर्ने खास कारण चाही के थियो ?
– पहिलो कुरा आवश्यक्ता नै थियो किन भने गाउले जीवन प्राया जसो मानिसहरु अभावमै बाँचीरहेका हुन्छन् फेरि समाजले लाहुरेप्रति हेर्ने दृष्टिकोण एकदमै सकारात्मक र सम्मानपूर्ण थियो । अर्को पक्ष बेरोजगारी समस्याबाट मुक्त हुनु थियो साथै आर्थिक अवस्था सुधार गरी सक्षम पनि बन्नु थियो र उद्देश्य प्राप्त गर्नु थियो । यस कारण मेरो जीवनमा लाहुरेको ठूलो महत्व थियो ।
गम्भिरजंग जी तपाई लाहुरे बन्न को बाट प्रभाबीत हुनु भयो ?
त्यो जमानामा मेरा गाउँमा थुप्रै अग्रजहरु लाहुरे थिए । जो लाहुरेहरुको जीवन शैली निकै सम्पन्नशाली लाग्दथ्यो साथै उनीहरुलाई समाजले पनि उच्च दर्जाको रुपमा मान सम्मान गर्ने गर्दथे र उनका परिवारहरु पनि खानदानी जस्तो लाग्दथ्यो । यद्यपी लाहुरेहरुको व्यक्तित्वले म एकदम प्रभावित थिँए तथापी समाजले हेर्ने सकरात्माक दृष्टिकोण अनि लाहुरे प्रतिको आकर्षण आदिले म प्रेरित भएको थिएँ त्यसैले लाहुरे बन्ने लक्ष्य लिएर संकल्प गरे अनुरुप म सन १९७६ मा ईण्डियन आर्मीमा भर्ती हुन सफल भएँ ।
लाहुरे हुनु अघि कस्तो परिकल्पना गर्नु हुन्थ्यो र भर्ती भएपछि के फरक पाउनु भयो ?
– मेरो परिकल्पना भनेकै आर्थिक रुपमा सक्षम बन्ने र आप्mनो व्यक्तित्व विकास गर्ने साथै परिवारको जीवनस्तर बदल्ने कल्पना गर्दथे । जब म भर्ती भए पश्चात पल्टनमा नितान्त नयाँ र फरक खालको माहोल देखे । ट्रेनिङ्गमा हुने दुःख, कष्ट साथै भाषा, नियम कानुन आदिको कारणले केही सास्ती पनि खेप्नु प¥यो । खैर मैले आर्मीले गर्नुपर्ने सबै प्रकारका ट्रेनिङ्ग, कोर्ष कार्यहरु बडो मेहेनतका साथ पूरा गरेँ । यसै गरी किरात टाक्सफोर्स जस्तो विभागमा कमाण्डो पोजिसनमा पनि काम गरेँ जसले गर्दा मलाई आप्ठ्यारोहरु अर्थत् कुनै पनि बिपतीहरु सजिलै संग बाँच्न सक्ने अनुभब साथै डिग्री होल्डर सो सरहको परिपक्कता दिलायो । यद्यपी म पल्टनमा डियुटी गर्दा होस् या सिभिलमा रहँदा मैले आफुलाई ज्यादै अनुशासित, मर्यादित बनाउँदै आफूलाई फरक ढंगले प्रस्तुत गर्दै गएँ, उपलब्धि स्वरुप सुवेदार जस्तो उच्च पदको फुली लगाएर स्वदेशमा रिटायर्ड जीवन बिताई रहेको छु । मैले शुरुमा भर्ती हुँदा देखि रिटायर्ड हुँदा सम्म मैले कल्पना गरेको भन्दा उपलब्धिमूलक भएको महशुस गरेको छु ।
नेपालका केही मान्छेहरुको लाहुरेप्रति आरोप छ, नेपालका आदिवासीहरु पैसा कमाउनलाई ईण्डियन, व्रिटिश आर्मी बनेर विदेशमा जीवन बिताउछन्, राजनीति गर्दैनन् त्यस कारण राज्यको मूल धारमा पुग्न सक्दैनन् । के यो साँचो हो ?
– यो आरोप त्यति जायज ठान्दिन किनकी यो देशको अर्थतन्त्र लाहुरेहरुले हदै सम्म धानेका छन्, जस्तो कि एउटा १७ वर्षे युवा भर्ती लाग्नुबित्तकै देशमा रेमिट्यान्स भित्रिन थाल्दछ र ऊ बाँचिञ्जेल त आइनै रह्यो साथै उसको शेषपछि पनि उनको श्रीमतीले समेत पेन्शन भत्ता खाना पाउने व्यवस्थाले राज्यमा एउटै व्यक्तिको माध्यमबाट अर्बौ रुपैया देशमा अर्थ भित्रिरहेको हुन्छ । जस्तै म सुवेदार भएको हैसियतले प्रति महिना ६५ देखि ७० हजार मेरो पेन्सन भत्ता आउँदछ । त्यस्तै १ लाख २५ हजार भन्दा बढी ईण्डियन रिटायर्डमेनहरू मात्रै छन् भने भने त्यस्ता लाखौ लाहुरेहरू छन् । जसबाट राज्यलाई अर्थतन्त्रमा ठूलो टेवा पुगेको छ । यो कुरालाई सम्मानपूर्ण विश्वभरि बहादुरीको उपाधी मीलेको थियो सम्बोधन गरिनु पर्दछ । फरक यति हो लाहुरेहरुले देश देखि विदेशसम्म नेपालको स्वाभिमानलाई उच्च राख्ने गौरवशाली काम गरको छ । त्यसैको एउटा उदाहरण हो, विश्वयुद्धताका विश्व प्रसिद्ध हिटलरले भनेका थिए–“यदि म सँग गोरखाली सेना भै दिएको भए म संसारलाई जित्ने थिँए ।” चाहे विश्वयुद्धमा विजय प्राप्ति गरेर प्रमाण स्वरुप हाम्रो पुर्खाहरुले गर्वका साथ अझै पनि पल्टनमा दिएको तक्मा घरघरमा सुरक्षित छ । और ईण्डियाको भारत वर्ष १८१४ बाट शुरु भएको कारगिल युद्धमा गोर्खाली बटालियनहरू द्वरा १९८९ मा पाकिस्तानलाई बिफल बनाउन गोरखालीहरुको बहादुरीका कारण भारत सरकारले पनि गोरखाली सेनालाई सम्मानपूर्ण सेल्युट गरेको छ । यद्यपी लाहुरेहरुले गरेको योगदानलाई नेपाल सरकारले कदर गर्नु पर्दछ । रिटायर्डमेनहरुलाई राज्य संयन्त्रमा रहेका बुद्धिजीवीहरुले ठाउँ वा अवसर दिनु पर्दछ । यदि रिटायर्ड आर्मीहरुले अवसरका साथै जिम्मेवारी पाएको खण्डमा बहुत ईमान्दारिताका साथ भ्रष्टाचार रहित राष्ट्र निर्माणको लागि महत्वपूर्ण भुमिका खेल्न सक्दछ ।

तपाईले भनिरहँदा व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै अर्थतन्त्रमा लाहुरेहरुको ठूलो योगदान छ, यसको कुनै दुईमत छैन तर आदिबासीहरु राज्यको मूलधारमा पुग्न नसकेको यथार्थ हो कि होइन ?

– राज्यको मूलधारमा नपुगेको यथार्थ छर्लङ्ग छ । यसलाई नकार्न मिल्दै मिल्दैन साथै भूपु आर्मीहरु राज्यद्वारा ठगिएकै छौं । अधिकर विहिन बनाईकै छ । यो कुरा राज्यले बुझ्नु पर्दछ । यद्यपी हामीले हाम्रो हक अधिकार र पहिचानको निमित्त जनचेतना फैलाउने साथै आवाज वुलन्द गर्ने उद्देश्यले मेरै नेतृत्वमा भूतपुर्व सैनिक कल्याणकारी महासंघ गठन गरेका छौं । जसले वैचारिक रुपमा संघर्ष गर्ने लक्ष्य लिएको छ ।
आम लाहुरेहरु रिटायर्ड भएपछि बाँकी जीवन आरामको जीवन बिताउन चाहन्छन् तर तपाई चाही सामाजिक सेवा साथै व्यवसायिक रुपले पनि सक्रिय बनिरहनु भएको छ, किन?
– जतिबेला म २८ वर्षपछि ईण्डियन आर्मीबाट रिटायर्ड भएर आएँ । नेपालमा धेरै जसो सर्वसाधारण जनताहरू आर्थिक रूपमा विपन्न वर्गहरुको हितमा खासै काम गरेको देखिन । राज्यले लाहुरेहरूले पल्टनमा २० औं वर्ष जवानी खर्चेर कमाएको पैसा खेर गइरहेको अर्थात् सही सदुपयोग नभैरहेको देखे । यस मानेमा कतिले बैंकमा जम्मा गरिरहेको, कत्तिले ब्याजमा रीन दिएर ख्वाएको त कतिले चाही इन्जोयको नाममा फजुल खर्च गरिरहेकोका छन् । यस कारण पनि उनीहरूसँग रहेको व्यालेन्सलाई सही सदुपयोग होस भन्नका निमित्त व्यवसायिकरण गर्ने उद्देश्यले इटहरीको संगीत चौकमा विजनेश कम्प्लेक्स निर्माणाधीन अवस्थामा तपाईहरू जो कोहीले देख्न सक्नुहुन्छ । हामी छिट्टै त्यस भवनलाई पूर्णता दिएर इटहरीको संगीत चौकलाई नयाँ स्वरूप दिन गइरहेका छौं ।
विगतका दिनहरूमा जस्तै रोजगारी बन्न र आर्थिक उर्पाजनको निम्ति लाहुरे नै बन्नु पर्छ भन्ने प्रथालाई निरन्तर दिनु पर्छ कि ? अबका युवाहरूले फरक काम गर्नुपर्छ भन्ने हो ?
– स्वभाविक रूपले हिजोका दिनहरूमा नेपालको सन्दर्भमा स्वरोजार बन्ने अवस्था थिएन । त्यस करण विकल्पहरू पनि खास थिएन । त्यसैले गर्दा सबैभन्दा उत्तम उपाय लाहुरे बन्नु नै थियो । तर आजको दिनमा युग परिवर्तन भैसकेको छ सँगसँगै प्रविधिकले ठूलो चमत्कार गरिरहेकोे छ । नेपालमा पनि थुप्रै अवसरको ढोकाहरु खुलेका छन् । तसर्थ आजकालका युवाहरूले लाहुरे मात्र हैन नयाँ काम सिर्जनशिल ढंगले व्यवसायक, राजनैतिक, विविधि रूपले विविध क्षेत्रमा काम गर्नका निम्ति अग्रसर हुनु पर्दछ भन्ने मेरो धारणा रहेको छ ।
तपाई एउटा व्यवसायी पनि हुनुहुन्छ तथापी तपाईले कस्तो प्रकारको व्यवसाय गरिरहनु भएको छ ?
– म ईण्डियन आर्मी अन्तर्गत सुवेदार भएको हैसियतले अझै रिटायर्डमेन भएकोले मैले लाखौ भुपु शैनीकहरूको भावनालाई नजिकबाट बुझ्न सक्छु । म फेरी पनि दोहोर्याउन चाहन्छु की जतिपनि भुपु शैनीकहरू हुनुहुन्छ, उहाँहरूले १६ देखि ३२ वर्षसम्म पल्टनमा समय गुजारेर जवानी खर्चेर कमाएको पैसा सबैजनाले सही ठाउँमा सदुपयोग गर्नु पर्दछ तर नभैरहेको पनि देखेको छु । यद्यपी छरिएर रहेको पूँजीलाई एकिकृत पूँजीको रूपमा लगनी गरी उद्योगधन्दा –कलकारखाना तथा व्यवसायिक क्षेत्रमा लगानी गरेर पुरानो प्रथालाई चिर्दै अब नयाँ आर्थिक क्रान्तिको निम्ति सम्पूर्ण लाहुरेहरूले एकल वा समुहिक रुपमा व्यवसायी बन्नु पर्छ भन्ने चिन्तनका साथ मेरै नेतृत्वमा इटहरीको संगीत चौकमा रानो इटहरी कम्प्लेक्स निर्माण भैरहेको छ जहाँ हामीले होटेल, रेष्टुरेण्ट देखि लिएर सुपर मार्केट सहितको अवधारणालाई अगाडि बढाई रहेका छौं । यसमा सयौं भु.पु आर्मीहरूको पुंजी लगानीलाई बृद्धि गर्नुका साथै सयौ बेरोजगारीहरूलाई रोजगारको अवसर दिने अवस्था सिर्जना गरी सामुहिक रूपमा व्यवसायीक रूपान्तरण गर्ने उद्देश्य लिएर यो कम्प्लेक्स निर्माण शुरु गरेका हौं ।
जाँदा जादै आम युवा तथा भु.पु. आर्मीहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
विहान बेलुकै लाहुरे बन्ने सपना बोकेर डोका बोकी दगुर्ने युवाहरूले कसरत गरिरहेका छन् कसरत गर्न जरूरी छ । चाहे लाहुरे हुनहोस् या नहोस् तर व्यायमले मानिसलाई चुस्तदुरूस्त, सुन्दर मात्रै बनाउँदैन भित्रैबाट आत्मविश्वास बढाउँछ । ताकि यस संसारमा म जन्मे त मैले कही गर्नु पर्छ र म गर्छु एवं म गर्न सक्छु भन्ने हिम्मत साहस पनि बढाउँछ तर यसको मतलव चाही यो होइन आफ्नो पढाइ शिक्षालाईनै थाती रखेर लाहुरेनै सबथोक हो भनेर लागी पर्नु चाही गलत हो । खैर मेरा सहकर्मी अर्थात पछिका भू.पु. सैनिकहरूले पनि साधारण कसरत गरिरहनु पर्दछ भने भू.पु. हरूसँग भएको अर्थलाई सही सदुपयोग गर्नका निमित्त आफूलाई मन पर्ने र गर्न सक्ने कुनैपनि प्रकारको व्यवसायमा लागानी गरी व्यवसायी बन्नुहोस नाकी अनावश्यक ठुलो घर बनाएर पैशा खतम नगर्नुहोस भन्ने सल्लाह दिंदै इटहरी एफ.एम. ९२.५ मेगाहर्ज साथै कार्यक्रम सञ्चालक कुशल जी ले मलाई बोलाएर आफ्नो मनको कुरा राख्ने अवसर प्रदान गरेकोमा हृदयदेखि नै कृतज्ञताका साथ धन्यवाद ज्ञापन गर्दछु । जय गोरखा ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg