गृहपृष्ठ » News, इटहरी अपडेट » झुट्टो सुचना दिएर नागरिक्ता बनाउने पक्राउ

झुट्टो सुचना दिएर नागरिक्ता बनाउने पक्राउ

 Posted by Itahari Fm | error | ५७ पटक

झुट्टो सुचना दिएर नागरिक्ता बनाउने ब्यक्ती पक्राउ परेका छन् । सुनसरीको चिमडीमा परिबार सहीत बसोबास गर्दै आएका गणेश हरिजनले इटहरी उपमहानगरपालीका वडा नं ८ बाट नागरिक्ता लिएको खुले पछि उनी पक्राउ परेका हुन् । हरिजनले इटहरी ८ का वडा अध्यक्ष रोहीत चौधरी बिदामा बसेको मौका पारेर गएको कार्तीक १२ गते नागरिक्ताको सिफारीस लगी सुनसरी जिल्ला प्रसासन कार्यालयबाट नागरिक्ता लिएका थीए । हरिजनले झुट्टो बिबरण दिएर नागरिक्ता सिफारीस लगेको खुले पछि वडा अध्यक्ष चौधरीले वडा समितीबाट नागरिक्ता खारेजीको सिफारीस गरि आजै हरिजनलाइ जिल्ला प्रसासनमा बुझाएको बताएका छन् ।
हरिजनलाइ नागरिक्ता बनाउन सघाउने, सर्जीमीन गर्ने र नक्कली आमा र दाजु बन्नेलाइ समेत वडा अध्यक्ष चौधरीले आज जिल्ला प्रसासन कार्यालयमा बुझाएका छन् । जिल्ला प्रसासन कार्यालयले सबैको बयान लिएको छ । नागरिक्ता बनाउने,  बनाउन सघाउने, सर्जीमीन गर्ने र नक्कली आमा र दाजु बन्नेलाइ प्रहरी हिरासतमा पठाइएको छ । सुनसरीको चीमडीमा बर्षौदेखि बसोबास गर्ने गणेश हरिजन नेपाली हुन या भारतीय नागरिक हुन भन्ने खुली नसकेको बताइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले भरखर अनुसन्धान शुरु गरिएको जानकारी दिए । इटहरी ८ का वडाध्यक्ष रोहित चौधरीले आफु नभएको बेला गलत बिरण दिएर सिफारिस लाने र सर्जीमीन गर्ने सबैलाइ सिडियो कार्यालय पठाएको बताए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg