गृहपृष्ठ » News, इटहरी अपडेट » इटहरी एफ.एमको थाईल्याण्ड टुर ! करण बने विजेता ( भिड्यो )

इटहरी एफ.एमको थाईल्याण्ड टुर ! करण बने विजेता ( भिड्यो )

 Posted by Itahari Fm | error | ७३८ पटक

इटहरी एफ.एमको पर्वोत्सव शुभकामना लक्की ड्र कार्यक्रममा इटहरीका करण विष्ट भाग्यशाली बन्न सफल भएका छन । इटहरी एफ.एमले विजया दशमी, शुभ दिपावली, छट पर्वको अवसरमा शुभकामना विज्ञापन दिनेहरु मध्येबाट एक जनालाई लक्की ड्र मार्फत थाईल्याण्ड टुर प्याकेजको घोषणा गरेको थियो ।
आज एफ.एम परिसरमा गरिएको विशेष लक्की ड्र बाट करण विष्ट भाग्यशाली व्यक्ति बनेका हुन । विशेष लक्की ड्र कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खडकाले अर्धकटटी तान्नुभएको थियो ।
एफ.एमलाई विज्ञापन दिने ४० जना व्यक्तिहरुको अर्धकटटी राखिएको सिसाको भाँडोबाट अध्यक्ष खडकाले लक्की नम्बर तान्नु भएको थियो । छानिएको लक्की अर्धकटटीमा करण विष्टको नाम रहेको थियो । यो विशेष कार्यक्रमको इटहरी एफ.एमले प्रत्यक्ष प्रशारण गरेको थियो भने फेशबुकबाट पनि लाईभ गरिएको थियो । यो कार्यक्रममा इटहरीका विभिन्न संचारमाध्यमका संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई छोटो सम्बोधन गर्नुभएका महासंघका अध्यक्ष खडकाले मिडिया हाउसले नयाँ प्रयोग गरेको भन्दै यस्ता रचनात्मक शैलीको प्रयोगले संस्थाहरु आर्थिक हिसाबले दर्विलो हुने बताउनुभयो ।
यता, मिडियो मोर प्रा.ली तथा एफ.एमका अध्यक्ष चेतन धमलाले एफ.एमलाई माया गर्ने तथा शुभचिन्तकहरु प्रति हार्दिक धन्यवाद ज्ञपान गर्नुभयो । सँधै विज्ञापन दाताबाट लिने मात्रै काम भएको भन्दै यस पटक भने केही नयाँ गरौँ भनेर एक व्यक्तिलाई थाईल्याण्ड टुर प्याकेज राखिएको जानकारी दिनुभयो ।
लक्की ड्र मार्फत छनोटमा परेका बिजेतालाई ४ रात ५ दिनको थाइल्याण्ड टुर प्याकेजको ब्यवस्था हुनेछ ।आफ्नो निजी काम र किनमेल देखी बाहेक सबै खर्च एफ.एमले नै व्यहोर्नेछ ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook