गृहपृष्ठ » News, इटहरी अपडेट » अबिरल साकोसले चाँडै आफ्नै भवन बनाउने

अबिरल साकोसले चाँडै आफ्नै भवन बनाउने

 Posted by Itahari Fm | error | ५४ पटक

इटहरी । स्थानिय तहमा सहकारीलाई लगाइएको चर्को कर हटाउनुपर्ने सहकारीकर्मीहरुले माग गरेका छन् । इटहरीमा रहेको अविरल बचत तथा ऋण सहकारी संस्थाको ८औँं वार्षिक साधारणसभामा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष शिव कुमार श्रेष्ठले सहकारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सहकारीहरु स्थानिय सरकार मातहत आएको अवस्थामा चर्को कर लागईएको उहाँले बताउनुभयो । कर समायोजनका लागि जिल्ला सहकारी संघले निरन्तर आवाज उठाईरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । सहकारीसम्बन्धी ऐनमा कतिपय विषय संशोधन गर्नुपर्ने उहाँको भनाई थियो ।
स्थापनाको छोटो समयमा नै इटहरीमा स्थापित बन्न सफल अबिरल साकोसले शेयर सदस्य वृद्धि गर्ने योजना अघि सारेको छ । यस्तै सहकारीले निकट भविष्यमै आफ्नै स्वामित्वमा नयाँ भवन निर्माण गर्ने योजान पनि सुनाएको छ । अबिरल साकोसका अध्यक्ष विक्रम घिमिरले सहकारीलाई आर्थिक रुपमा सक्षम बनाउने योजना साथ अघि बढेको बताउनुभयो । सहकारीमा लगानी वृद्धिसँगै त्यो लगानी उत्पादनमुलक क्षेत्रमा गरिने पनि उहाँले बताउनुभयो ।
संस्थाले सञ्चालन गरेको आर्थिक क्रियाकलापबाट ११ लाख २४ हजार ४ सय ४ रुपैयाँ खुद नाफा कामाउन सफल भएको छ । यस्तै संस्थाले सेयर पूँजी १ करोड १३ लाख २ हजार ७ सय रहेको जनाएको छ । संस्थाले हाल २ करोड ९२ लाख २४ हजार ३ सय २९ रुपैयाँ लगानी गरेको लेखा समितिका संयोजक सञ्जीव घिमिरेले जानकारी दिनुभयो ।
संस्थाले बार्षिक साधारसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको छ । संस्थाले विभिन्न विद्याका उत्कृष्ठ व्यक्तिहरुलाई सम्मान गरेको हो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook