गृहपृष्ठ » खेल/मनोरन्जन » चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को ‘आई एम इन्टु, सि इज मिन्टु’ गीतको भिड्यो सार्वजनिक ( भिड्यो )

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को ‘आई एम इन्टु, सि इज मिन्टु’ गीतको भिड्यो सार्वजनिक ( भिड्यो )

 Posted by Itahari Fm | error | ४९ पटक

 

सुजिल कर्मचार्य र श्रेया सोताङको स्वरमा रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को ‘आई एम इन्टु, सि इज मिन्टु’ बोलको गीतको भिड्यो सार्वजनिक भएको छ । सार्वजनिक भएको भिड्योमा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरलाई फिचरिङ गरिएको छ ।गीतमा शब्द तथा संगीत गायक सुजिल कर्मचार्यकै रहेको छ् गीतको कोरियोग्राफी भने विक्रम लामा र एन्जिला खत्रीले गरेका छ्न  ।

साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ लाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन । चलचित्रलाई प्रभुशमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेका हुन ।नेपाल र लण्डनमा छायान्कन गरिएको चलचित्र असोज ५ गते शुक्रबार बाट प्रदर्शनमा आउँदै छ् चलचित्रको ट्रेलर र गीतले एक खालको महोल बनाइ सकेको छ् ।

चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक धिरज मगर सँगै सरुक ताम्रकार विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुसण पाठक, रुबी राणा शाह, बिबेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाई, मेलिशा गुरुङ, जेमिमा टोम्स, एन्ड्रेउ मुलान लगायतका कलाकारको अभिनय रहेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg